मैले सिधाकुरा नगरेको धेरै भएछ, केहीबेरमा पत्रकार सम्मेलन गर्दैछु : रवि लामिछाने

२२ माघ २०७९, आईतवार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले सामाजिक संजाल फेसबुकममा स्टाटस लेख्दै पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्ने जनाएका छन् ।
उनले पार्टीको बैठकले ठोस निर्णय गर्ने पनि जनाएका छन् ।
‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ । त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु,’ उनले भनेका छन् ।
उनले आजको पत्रकार सम्मेलन देश विदेशमा रहेका सबैलाई हेर्न र सुन्न पनि आग्रह गरेका छन् ।
‘म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्,’ उनले भनेका छन्, ‘मैले सिधाकुरा नगरेको धेरै भएछ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment