झापाको अर्जुनधारामा महिलाको शव गाडेको अवस्थामा फेला, हत्याको आरोपमा श्रीमान पक्राउ


इलाम, २१ माघः  आफ्नै पत्नीको हत्या गरी माटोमा गाडेको अवस्थामा प्रहरीले झापाको अर्जुनधारा नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ ।
शनिबार साँझ अर्जुनधारा–८ मा ४५ वर्षीया कल्पना पोखरेल बस्नेतको शव गाडेको अवस्थामा प्रहरीले खनेर निकालेको हो । श्रीमान ३३ वर्षीय मनोज बस्नेतले हत्या गरेर कल्पनाको शव घरदेखि दुई सय मिटर उत्तरतर्फ खुला चौरमा खाडल खनेर गाडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।


प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बस्नेतले गत बुधबार राति साढे १० बजेतिर श्रीमतीको हत्या गरेर शव चौरमा खाडल खनेर गाडेका थिए । हत्या गरी खाडल खनेर चौरमा गाडेपछि बस्नेतले श्रीमती हराएको हल्ला फिजाएका थिए ।
चार दिनदेखि खोजी गर्ने क्रममा शंका लागेर बस्नेतलाई सोधपुछ गर्दा श्रीमतीलाई हत्या गरेर गाडेको उनले स्वीकार गरेका थिए । उदयपुरको बेलका स्थायी घर भई अर्जुनधारामा डेरा गरी बस्ने बस्नेतलाई नियन्त्रणमा लिएको डीएसपी कुँवरले बताए । उनीहरुको डेढ वर्षीय एक छोरी छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment