नेविसंघ विवादः शेखर–गगन पक्षको छुट्टै अध्यक्ष चयन


२१ माघ, काठमाडौं । नेपाल विद्यार्थी संघको शेखर–गगन पक्षधरले बर्दियामा जिल्ला अध्यक्ष तोकेको छ । संघका अध्यक्ष दुजाङ शेर्पाले संस्थापनबाट जिल्ला अध्यक्ष तोक्न लागेपछि त्यसभन्दा अघि नै इतर पक्षले अर्को व्यक्ति चयन गरेको छ ।


शेखर गगन पक्षले नेविसंघको बर्दिया जिल्ला अध्यक्षमा नगेन्द्र हमाललाई तोकेको छ ।
संस्थापन पक्षले गरेका निर्णय विरुद्ध समानान्तर समिति बनाउने क्रम शेखर–गगन पक्षले सुरु गरेको छ । अध्यक्ष शेर्पाले आफूखुसी चयन गरिएको जिल्ला समितिलाई मान्यता नदिने बताए । ‘कसैलाई बनाइदिएर हुने भए राष्ट्रपतिरप्रधानमन्त्री पनि उनीहरुले तोके भयो नि,’ शेर्पाले भने, ‘बर्दियामा तोकिएको जिल्ला अध्यक्षले संघको मान्यता पाउँदैनन् ।’
जिल्ला र क्याम्पस संयोजकमा अध्यक्ष शेर्पाले एकलौटी निर्णय गरेको भन्दै अर्को पक्ष विरोधमा उत्रिएको छ । हालसम्म ३३ जिल्ला र ५२ क्याम्पसमा नयाँ कार्यसमिति बनेको शेर्पाले जानकारी दिए । संस्थापन पक्षले एकतर्फी गरेको निर्णयलाई अस्वीकार गर्ने शेखर–गगन पक्षका विद्यार्थी नेताहरुले बताएका छन् ।
समानान्तर गतिविधि सुरु गरेको शेखर–गगन पक्षले रुपन्देहीमा छुट्टै कार्यसमिति बनाएको छ । आसन्न स्ववियु निर्वाचनका लागि १३ वटा समितिको संयोजक समेत उक्त पक्षले शुक्रबार चयन गरेको छ ।
अनलाइन खबरबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment