राप्रपाको आकस्मिक बैठक बस्दै, सरकार छाड्नसक्ने

१३ फाल्गुन २०७९, शनिबार


काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपाले) पार्टीको दुई समितिको सयुक्त बैठक बोलाएको छ । सत्ता सहयात्री दल माओवादी केन्द्रले राष्ट्रपतिमा काँग्रेसलाई सघाउने निर्णय गरेसँगै राप्रपाले संयुक्त बैठक बोलाएको हो ।
राप्रपाका अनुसार केहीबेर अघि पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक बोलाइएको छ ।
बैठक यतिबेला पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ । शुक्रबार वालुवाटारमा बसेको आठ दलीय बैठकको निर्णयसँगै राप्रपाले सरकार छाड्न सक्ने अनुमान गरिएको छ ।
धुम्बाराहीमा जारी बैठकले तत्कालै सरकार छाड्ने निर्णय गर्नसक्ने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment