एमाले सचिवालय बैठक बस्दै, सरकारबाट बाहिरिनसक्ने

१३ फाल्गुन २०७९, शनिबार


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केहीबेरमा बस्दैछ । समसामयीक राजनीतिक विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो । बैठक अहिले बिहान ९ बजे पार्टी कार्यालयमा बस्ने जनाइएको छ ।
बैठकमा राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेका ‘मिसन ग्रासरुट’बारे छलफल हुने बताइएको छ ।
एमाले सहितको सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । जबकी गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुँदै गर्दा राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो । र, वर्तमान सत्ता गठबन्धन बनेको थियो ।
तर, शुक्रबार आमनिर्वाचन अघिको गठबन्धन ब्युँताउने माओवादी काँग्रेस लगायत तत्कालीन पाँच दलीय गठबन्धनको निर्णय भएको छ । यो सँगै अब काँग्रेसको उम्मेदवार राष्ट्रपति बन्ने लगभग निश्चितजस्तै भएको छ ।
सत्ता सहयात्री दल माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने भएसँगै एमालेले सरकार छाड्नसक्ने अनुमान गरिएको छ । आजको सचिवालय बैठकले माओेवादीलाई दिएको समर्थन फिर्ता लिनेबासे निर्णय पनि हुन सक्ने अनुमान गरिएको छ ।
त्यस्तै राष्ट्रपतिको निर्वाचनमा एमालेले उम्मेदवार उठाउने वा नउठाउने उठाए कस्लाई उठाउने भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ। 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment