विब्ल्याँटे–माई पोखरी–सन्दकपुर कालोपत्रे, कम्पनीको लापरवाहीले गुणस्तरहीन सडक निर्माण

  • भगीरथ भण्डारी,

इलाम : इलामको विब्ल्याँटे–माई पोखरी–सन्दकपुर जोड्ने सडक कालोपत्रेमा निर्माण कम्पनीको गुणस्तरहीन काम गरेको पाइएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणको काम गुणस्तरहीन रहेको पाइएको हो । गुणस्तरहीन काम गरेको पाएपछि सडक डिभिजन कार्यालयले पटक पटक पत्र काट्दा पनि निर्माण कम्पनीले अटेर गरिरहेको छ । 
नागार्जुन कन्स्ट्रक्सन कम्पनीले तीन करोड २५ लाख ३४ हजार दुई सय चार रुपैयाँ ४८ पैसामा २०७७ सालमा ठेक्का लागेर निर्माण सुरु भए पनि कालोपत्रे गर्ने क्रममा ठेकेदारले लापरबाही गरेको पाइएको हो । कालोपत्रे गर्ने क्रममा सडकलाई तयारीपुरा नगरी कालोपत्रे गर्ने गरेको र खुट्टाले कोट्याउँदा उक्किने र धुलै धुलो आउने गरेको पाइएको छ । जस्विरे देखि माई पोखरी तर्फको दुई किलोमिटर निर्माण नसकिँदै उक्किन थालेको छ भने अहिले निर्माण भइरहेको सडकको काम पनि गुणस्तरीय बन्न नसकेको स्थानीयले बताएका छन् । 

 स्थानीय भूप्रसाद बजगाईँले यो बाटो हामीले गाउँले हिसाबले देख्दा पनि राम्रो सँग नबनिएको बताए । ‘बाटो बिच बिचमा बनाउने, मोबिल हालेको दुई महिनामा  पछि मात्रै काम लगाउने र बिच बिचमा धुलो, बालुवा सफा नगरी कालो पत्रे गर्ने कालो पत्रे गर्न तयारी गरेको सडक खुट्टाले कोट्याउँदै बजगाईँले भने, कालो पत्रे गर्न तयारी गरेको सडक पेलिएको छैन, हातले सजिलै उक्निेगरीको रहेको र धुलो नहटाई कालोपत्रे गरिरहेको छ ।’
सन्दकपुर गाउँपालिकाका देऊ बहादुर गुरुङले पहिले सोलिङ गरेको सडक भत्काएर कालो पत्रे गर्ने निहुँले सडक बिगारेको बताए । उनले गत वर्ष पिच गरेको सडक आधा भन्दा धेरै उक्किएको भन्दै अहिले पनि झारो टार्ने काम मात्रै गरिरहेको बताए ।
 ‘बनाएको ठाउँमा फेरि नहेरेको कारण पनि एक वर्ष नभई भत्कने गरेको भन्दै अहिले काम गरेको देख्दा ढुङ्गा हानेर खेदाउनु जस्तो छ  गुरुङले भने, यो सडक निर्माण हेर्दा सबै सेटिङमा पैसा खान मात्र आयोजना ल्याएको हो कि जस्तो छ ।’ ठेक्का पर्ने निर्माण कम्पनीले पेटी ठेक्का दिएर काम गरेको भन्दै ठेक्का पार्न पहुँचवालाले पार्ने अनि मिलाएर पैसा खाने र तल्लो वर्गका मान्छेलाई काम गर्न पठाउने गरेका कारण पैसा भाग बन्डा लगाउने र सडक निर्माणमा थोरै मात्र रकम आउने गरेका कारण पनि सडक निर्माणमा समस्या भइरहेको हो । स्थानीय डिक बहादुर श्रेष्ठले धुलो र रोडा माथि गरेको पिच कति दिन थाम्छ थाम्दैन यसले भन्दै सिरानतिर गरेको पिच उक्किन थालेको बताउँदै यो पिचले कति पनि नथाम्ने बताए ।
  सडक डिभिजनको निर्देशन अटेर
विब्ल्याटे–माई पोखरी–सन्दकपुर जोड्ने सडक कालोपत्रेमा निर्माण कम्पनीले सडक डिभिजन कार्यालयलाई समेट नटेरेको पाइएको छ । सडक निर्माणमा गुणस्तरीय काम नगरेको पाएपछि पटक पटक पत्र काटे पनि काम गरिरहेको छ । सडक डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख विदुर पोख्रेलले पटक पटक निर्माण कम्पनीलाई पत्र काटेको र मौखिक रूपमा पनि भनिरहेको बताए । 
कार्यालयले २०७८ फागुन २३ ठेक्का सम्झौता अनुसार सडक र पुल कार्यको विशिष्टता मानक वि निर्देश बमोजिम निर्माण कार्य गर्न भन्दै पत्र काट्यो । कार्यालयले निर्माण कम्पनीलाई गत पुस १४ गते प्रिमिक्स कार्पेट को निर्माण भइरहेकोमा  सडक र पुल विशिष्टीकरण २०७३ आवश्यक  तापमान पु¥याइ काम गर्न पत्र काटेको थियो  ।
 त्यस्तै फागुन चार गते पुन बेस गरी मात्र निर्माण कार्य गर्नु भन्दै पत्र काट्यो । सडक डिभिजनले पटक पटक पत्र काटे पनि निर्माण कम्पनीले मापदण्ड अनुसार सडक निर्माणमा अटेर गरेका कारण निर्माण सम्पन्नै नभई भत्किन थालेको छ । डिभिजन कार्यालयले फागुन चारमा पठाएको पत्रमा समेत आधार कामको मोटाई नसुधारी गरिने निर्माणमा कार्यालयको सुपर भिजन नहुने र विल भुक्तानी समेत नहुने उल्लेख गरेको छ । 
उक्त सडक हेर्ने सब इन्जिनियर विरचा शर्माले बेस सुधार्नु भनेर निर्माण कम्पनीलाई पटक पटक जानकारी दिए पनि नसुधारेको कारण निर्माणको काम गरेता पनि कार्यालयले  मेजरमेन्ट न उठाउने, बिल भुक्तानी नदिने पक्रियाका साथै ठेक्का तोड्ने सम्मको गर्ने बताइन । 
केचना कञ्चनजङ्घा पर्यटन मार्गमा निर्माण भइरहेको सडक गुणस्तरहीन बनेकै कारण दीर्घकालीन रूपमा असर पुग्नेमा स्थानीय चिन्तित बनेका छन् । यो मार्गलाई राम्रो सँग निर्माण गर्ने हो भने पर्यटकीय क्षेत्र सन्दुकपुर पुग्नका लागि पनि भारत तिरको बाटो प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य हुने पर्यटनकर्मी बताउँछन् । लामो समय पश्चात् सडक निर्माण हुने आशा बोकेका सन्दुकपुरका बासिन्दा निर्माणको काम देखेर सडक निमार्ण नहुने भन्दै चिन्तित बन्न थालेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment