झापाबाट हराएकी किशाेरी काठमाडौँमा भेटिइन्

१३ फाल्गुन २०७९, शनिबार


झापा । तीनदेखि हराइरहेकी मेचीनगर– ११ की १३ वर्षीया किशाेरी काठमाडाैँमा फेला परेकी छन् । आज प्रहरीले काठमाडौँबाट उनकाे उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार उद्धार गरिएकी ती किशाेरीलाई अहिले काठमाडौँको सातदोबाटोस्थित प्रहरी वृत्तमा राखिएको छ । स्थानीय बलभद्र माध्यमिक विद्यालयमा अध्ययनरत उनी तीन दिनअघि विद्यालयबाट घर नफर्किएपछि खोजी भइरहेको थियो । धुलाबारी इलाका प्रहरी कार्यालयमा बालिकाकी आमाले खोजतलासका लागि निवेदन दिएकी थिइन् ।
एक चिनियाँ नागरिकले बालिकालाई साथमा राखेको सूचना पाएपछि प्रहरीले उनको खोजी गरेको थियो । ती चिनियाँ नागरिकले सातदोबाटो प्रहरी वृत्तमा बालिकासहित आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । “बालिकाको सुरक्षित उद्धार गरिएको छ”, सूचना अधिकारी रिजालले भने । उनका अनुसार चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment