देउमाइ नगरपालिका र इलाम नगरपालिका क्रिकेट टिमबिच भएको खेलमा इलाम नगरपालिका विजयी


इलाम, १३ फागुनः जिल्ला क्रीकेट सङ्घ इलामको आयोजना र  त्रीबेणि युथ क्लब देउमाइ नगरपालिकाको समन्वयमा इलामको मङलबारेमा आयोजित टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको शनिबार भएको  खेलमा इलाम नगरपालिकाको टीम ७ विकेटले बिजयी भएको छ । 
खेलमा टस जितेर ब्याटिङ रोजेको देउमाइ नगरपालिकाको त्रीबेणि युथ क्लब १७ ओभरमा ९७ रन बनाउदै अल आउट भएको थियो । देउमाइका खेलाडि प्रज्वल श्रेष्ठ र निर्मल परियारले समान १५/१५ योग्दान गरेका थिए ।
यता बलिङमा इलाम नगरपालिकका दिपेश कुवरले ४ विकेट लिदा, अर्जुन पौडेल,  प्रज्वल खत्री र रुशल थापाले समान २/२ विकेट लिए ।
 ९८ रनको झिनो बिजयी लक्ष्य लिइ मैदानमा उत्रीएको इलाम नगरपालिका सुरुवाती दुइ विकेट सस्तैमा गुम्दा  टिमका प्रज्वल खत्री र अर्जुन पौडेलको जोडिले सम्हालिएर ब्याटिङ गर्दै टिमलाइ जित सम्म डोहोर्याएका थिए । प्रज्वल खत्री ब्यक्तिगत २२ रनमा आउट हुदा अर्जुन पौडेलको नट आउट ५२ रनको मदत्तले  इलाम नगरपालिका टिमले १७ ओभरमा  जित हासिल गरेको थियो । खेलमा ४ ओभर बलिङ गर्दै १२ रन दिइ ४ विकेट लिइ म्यान अफ दि म्याच चुनिएका इलाम नगरपालिकाका दिपेश कुवरलाइ जिल्ला क्रिकेट सङ्घ  इलामका अध्यक्ष अर्जुन पौडेलले आकर्सक ट्रफि प्रदान गर्नुभयो ।
जिल्ला क्रिकेट सङ्घ इलामले नियमित रुपमा गर्दै आइरहेको घरेलु प्रतियोगिता अन्तर्गत आयोजना भैरहेको बिभिन्न पालिकाका क्रिकेट  टिमहरु बिच खेलिने यस्ता खेलले खेलाडिहरुलाइ लयमा राखि रहने,  नयानया प्रतिभाहरुको पहिचानमा मदत पुग्ने तथा खेलाडिहरुलाइ म्याच एक्स्पोजरको मौका प्रदान गर्ने अध्यक्ष अर्जुन पौडेलले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment