एमालेका ८ मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई बुझाए राजीनामा

१५ फाल्गुन २०७९, सोमबार


काठमाडौं । सरकारबाट बाहिरिने र प्रधानमन्त्रीलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको नेकपा एमालेले आफ्ना मन्त्रीहरुलाई पनि सरकारबाट फिर्ता बोलाएको छ ।
सोमबार एमालेबाट मन्त्री बनेकाहरुले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् ।
मन्त्रीबाट राजीनामा दिनेहरुमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई रहेका छन्
सोमबार दिउँसो बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णयसँगै एमालेका मन्त्रीहरुले राजीनामा बुझाएका हुन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment