मरब क्याम्पस इलाममा अव, बिबिए पनि पढाइ हुने


इलाम । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा बिबिए कार्यक्रमको विधिवत रुपमा उद्धघाटन गरिएको छ । यसै शैक्षिक सत्रबाट संचालनमा आएको कार्यक्रमको आइतबार एक कार्यक्रमका बिच त्रिभुवन विश्वविद्यालयक रजिष्ट्रार प्रा.डा पेशल दाहालले उद्धघाटन गरे । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले २ सेक्सनमा ६६ जना को कक्षा सञ्चालनका लागि मरबलाई स्वीकृति प्रदान गरेको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आवश्यक परेको खण्डमा जुनसुकै विषय अध्यापनको अनुमती प्रदान गर्न त्रिबि तयार रहेको बताएका छन् । उनले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस एक दशक अघि नै स्वायत्त घोषणा भएको स्मरण गर्दै क्याम्पसले माग गरेको खण्डमा त्रिबिले संचालन गरेको जुनसुकै संकाय पनि अनुमतीका लागि तयार रहेको बताए ।
इलाममा बिबिए कार्यक्रम उद्धघाटन समारोहमा बोल्दै महेन्द्ररत्न बहुमुखी क्याम्पस पुर्वको अग्रणी शैक्षिक संस्था भएको बताउँदै देशका दक्ष प्राध्यापकहरुको समेत अध्यापनको थलो भएको बताए । ‘ इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस दक्ष जनशक्ति उत्पादनको थलो मात्र हैन् यहाँ पुर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डे, महेश्वरमान श्रेष्ठ जस्ता मानिसहरुले अध्यापन गराएको क्याम्पस हो । मैले समेत अध्यापनको मौका पाएको थिए तर महेन्द्र मोरङमा शिक्षा अभाव भएपछि आउन पाइन् ।’ उनले भने
अन्य क्षेत्रमा बिबिएको १ सेसन संचालन भएपनि इलाममा २ सेसन चलाउनका लागि दिइएको बताए । उनले शिक्षाको क्षेत्रमा महेन्द्ररत्न क्याम्पसलाई अघि बढाउन त्रिबि तयार रहेको समेत उनले बताए । दाहालले क्याम्पस संचालन मुख्यतय स्थानीय सरकारको दायित्व भएको बताए । उनले त्रिबिले मात्र क्याम्पस टिकाउन सम्भव नभएकाले स्थानीय सरकाले प्रत्यक्ष संलग्न भएर अघि बढाउन सुझाव दिए ।
दाहालले कोडिभ संक्रमणका कारण त्रिबि प्रविधि तर्फ अघि बढको बताए । उनले त्रिबिका आंगिक क्याम्पसका विद्यार्थीले निःशुल्क रुपमा इ–पुस्तकालय प्रयोग गर्न पाउने भएकाले मौकाको सदुपयोग गर्न आग्रह गरे । त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन सङ्कायका डीन प्रा डा डिल्लीराज शर्माले शैक्षिक कार्यक्रमहरु कलेजका लागि नभई समुदायका लागि भएकाले समुदायले संगै लिएर जानुपर्ने बताए । उनले क्याम्पसको मात्र मुख नताकेर समुदायले समेत शैक्षिक कार्यक्रम संचालन गर्न र क्याम्पस जोगाउन अघि बढ्नुपर्ने बताए ।
उनले आफै सक्षम हुने समुदाय सहितको क्याम्पस संचालनको मोडालिटी हुनुपर्ने बताए । शर्माले नेपालको शिक्षामा बिबिए महत्वपुर्ण कार्यक्रम रहेकाले १४ हजार विद्यार्थी माझबाट छनौट भएकोमा मरबका विद्यार्थीलाई बधाई समेत दिए । उनले कक्षा ११ देखि पिएचडीसम्म व्यवस्थापन संकाय अन्र्तगत २७ कार्यक्रम संचालन भएको बताए ।
उनले देशमा बढ्दो सहकारीको चापलाई ध्यानमा राखेर आगामी शैक्षित्र सत्र देखि स्नातकोत्तर तहमा एमबीए इन कोअपरेटिभ मेनेजमेन्ट एन्ड इन्टरप्रिनियर डेभलप्मेन्ट बिषयमा पाठ्यक्रम बनाएर लागु गरिने बताए । त्रिबि दक्ष जनशक्ति उत्पादनको कार्यक्रममा अघि बढेको बताउँदै दक्ष जनशक्तिको अभावमा सहकारी संचालन समेत समस्यामा रहेको बताए । उनले सहकारी स्थापना भन्दा पनि दिगोपनको समस्या रहेको बताए ।
इलाम नगर प्रमुख केदार थापाले समय अनुकुल शिक्षा क्षेत्रमा बिषय परिर्वतन गर्न नसक्दा क्याम्पसहरु धरासायी हुने बताए । उनले इच्छा गरेको प्राविधिक बिषयमा अध्ययन गर्न पाएनन् भने केबल भवनमात्र बाँकी रहने बताए । थापाले प्राविधिक शिक्षा सुरु नभए केबल मानविकि र शिक्षाशास्त्र मात्र अध्ययन गराएर दक्ष जनशक्ति उत्पादन हुन नसक्ने बिषयमा लामो समय देखि छलफल अघि बढाएको बताए ।
उनले शैक्षिक कार्यक्रम मात्र संचालन नगरेर त्रिबिले विद्यार्थीहरुलाई भविष्य मार्गनिर्देशन गर्न सक्नुपर्ने बताए । थापाले बिएस्सी उर्तिण हर्टिकल्चर र फ्लोरिकल्चरका विद्यार्थीहरुलाई एमएस्सीका निम्ति समकक्षताका बारेमा प्रश्न गरे । उनले बिएस्सी एजी बराबरको समकक्षता नपाएको गुनासो गरे । उनले शिक्षा क्षेत्रलाई राजनीतिकरण गरेर हेर्न नहुने बताए ।
थापाले नीजि क्याम्पसले बिबिए जस्ता महत्वपुर्व शैक्षिक कार्यक्रम अघि बढाइरहँदा सरकार अन्र्तगतको त्रिभुवन विश्वविद्यालयमा यस्ता महत्वपुर्ण कार्यक्रम प्रवेशमा ढिलाई बारे जिज्ञासा राखेका थिए । उनले अहिले शिक्षालाई कलेज देखि लिएर त्रिवीसम्म चरम राजनीतिक रुपबाट शिक्षालयहरुमा प्राध्यापकहरु चिफहरु राजनीतिक आस्थाको आधारले प्रमोट गर्ने कार्य भएको बताए ।
थापाले शिक्षा जस्तो महत्वपुर्ण क्षेत्रमा राजनीतिक नियुक्तीको रुपमा आस्थाको हिसाबले मुलुकको शिक्षालाई अघि बढाउन नसक्ने बताए । थापाले महेन्द्ररत्न बहुमुखी क्याम्पस संचालनका लागि स्थानीय सरकारबाट आवश्यक सहयोग रहने बताए । वडा नं ७ का वडाध्यक्ष नरेश श्रेष्ठले इलाम नगरपालिकाले कृषि क्याम्पस संचालन गरिरहेको बताए ।
उनले हर्टिकल्चरलाई समेत त्यसमा जोडेर समेत लग्ने बताए । श्रेष्ठले इलाम नगरपालिका भित्र रहेको क्याम्पससंग सधै संगै हिड्दै आर्थिक र भौतिक सहयोग प्रतिवद्धता समेत जनाए । क्याम्पस संचालक समितिका अध्यक्ष प्रेमलाल मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा त्रिबिका रजिष्ट्रार प्रा.डा पेशल दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर प्रमुख केदार थापा र त्रिबि व्यवस्थापन संकायका डिन प्रा.डा डिल्लीराज शर्माको विशेष आतिथ्यता रहेको थियो ।
क्याम्पस प्रमुख खगेन्द्र चापागाईले स्वागत मन्तव्य राख्दै क्याम्पसले संचालन गरेका गतिविधिको बारमा प्रष्ट पारेका थिए । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष लिला थापा, प्राध्यापकक सघ एकाई सभापति गंगाराम पौडेल, कर्मचारी संघ एकाई सभापति केन्द्र प्रसाद खत्री, नेपाल पत्रकार महासंघका अध्यक्ष बिप्लब भट्टराई, माछापुच्छ्रे बैंकका प्रबन्धक लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम सहायक क्याम्पस प्रमुख पोष्टराज लामिछानेले संचालन गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment