माइजोगमाई अध्यक्ष कपः निशानको ह्याट्रीकमा माईजोगमाई सेमी फाईनलमा प्रबेश

  • डम्बर कुमार निरौला 

माइजोगमाई, १२ बैशाखः  माईजोगमाई खेलकुद परिषदको आयोजनामा भइरहेको माईजोगमाई गाउपालिका अध्यक्षकपमा माइजोगमाई गाउँपालिकाले सन्दकपुर गाउँपलिकालाई ४–१ले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । 


खेलको पहिलो हाफमा माईजोगमाई गाउँपालिकाको तर्फबाट जर्सी नं ७ का खेल्लाडी निशान राईले पहिलो गोल गरेका थिए भने पहिलो हाफमा नै जर्सी नम्बर ११ का खेल्लाडी लकुश राईले दोस्रो गोल गरेका थिए । खेलको दोस्रो हाफमा माईजोगमाईका तर्फबाट जर्सी नम्बर ७ का खेल्लाडी निसान राईले तेस्रो र चौथो गोलगर्दै आफ्नो ह्याट्रक पुरा गरेका थिए । यसतै सन्दकपुर  गाउँपालिकाको तर्फबाट जर्सी नं १८ का पेम्बा गुरुङले १ मात्र सान्तवना गोल गरेका थिए । 
खेलको म्यान अफ द म्याच माईजोगमाई गाउँपालिकाका जर्सी नम्बर ७ का ह्याट्रक गर्ने  खेल्लाडी निशान राई घोषित भएका थिए ।
यो जितसँगै माईजोगमाई गाउँपालिका सेमी फाईनलमा प्रबेश गरेको छ । माईजोगमाई गाउँपालिका आगमी १६ गते हुने सेमिफाईनलमा खेल्ने छ ।
भोलीको (बुधबार) खेल हुने खेल ईलाम नगरपालिका र चुलाचुली गाउँपालिका बिच हुने छ ।
खेलको बिजेताले नगद रु दुई लाख दश हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छ । उपबिजेता टिमले रु एक लाख बिस हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछन् । खेलको फाईनल खेल बैशाख १९ गते माईजोगमाई गाउँपालिका नयाँबजारको बालागुरु खेलमैदानमा हुने छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment