माङ्सेबुङ्गको ऐतिहासिकस्थल माङमालुङ पर्यटन महोत्सव समापन

सोमबार, बैशाख ४ 

माङ्मालुङ्ग । इलामको माङसेबुङ गाउँपालिकास्थित माङमालुङमा आयोजित माङमालुङ धार्मिक तथा पर्यटन महोत्सव सम्पन्न भएको छ ।
माङसेबुङ गाउँपालिका २ र ६ को संगमस्थलमा अवस्थित माङमालुङमा आयोजित दुई दिने महोत्सव विभिन्न कार्यक्रम गरी शनिबार सम्पन्न भएको हो ।
महोत्सवको पहिलो दिन शुक्रबार उद्घाटन कार्यक्रमसहित विभिन्न जातजातिको संस्कृतिक पहिचान झल्किने सास्कृतिक झाँकिहरुको प्रदर्शनी गरिएको थियो । कार्यक्रममा लिम्बू जातिको साँस्कृतिक नृत्य च्याब्रुङ नाच केलाङ र राई जातिको साकेला नृत्य प्रदर्शनी भएको थियो ।


दोस्रो दिन शनिबार ५ मिलोमिटर दुरीको पुरुषतर्फ र महिलातर्फ मिनी म्याराथुन प्रतियोगिता एवम् ३ मिलोमिटर दुरीको मिडिया मिनी म्याराथुन प्रतियोगिता संचालन गरिएको थियो ।
महोत्सवमा मेलिना राई, ताराप्रकाश लिम्बू, रुक्साना लिम्बूलगायत अन्य दर्जनौं स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहेको थियो ।
त्यसैगरी महोत्सवमा गाउँपालिकाभित्र पाइने विभिन्न कृषिजन्य उत्पादनहरुको प्रदर्शन र विक्रीवितरण गरिएको छ ।
महोत्सवमा स्थानीय सम्पदाहरुको अवलोकन गराईएको थियो । पर्यटकहरुलाई माङमालुङमा रहेकको एक औंलाले हल्लिने ढुङ्गा चक्रशीला, हरीयाली चियाबारी, थालाचेप्पा विजुवानी ढुङ्गा, सूर्योदय र सूर्यास्तको दृश्यावलोकनसँगै शिला पत्थरमा कुँदिएका विभिन्न पशुपंक्षीदेखि र देवीदेवताको आकृतिहरुको अवलोकन गराइएको थियो ।
माङमालुङ इलाम सदरमुकामदेखि करिव १५ कोष पश्चिममा अवस्थित छ । धार्मिक एवम् पर्यटकीय महत्व बोकेको माङमालुङ समुन्द्री सतहबाट २ हजार १ सय मिटरको उचाईमा पर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण माङमालुङ माङसेबुङ गाउँपालिका वडा नम्बर २ र ६ को संगम स्थलमा अवस्थित छ । यो करिब १५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment