इलाम, ३० बैशाखः इलामको इलाम नगरपालिका १ साँखेजुङमा अनिर्वाय महिनाको एक दिन श्रमदान कार्यक्रम शुरु भएसँगै स्थानीयहरु आफैले सडक मर्मत शुरु गरेका छन् । शनिबार माइभ्याली चिया कारखनादेखि कार्की गोलाई सम्मको ५ किलोमिटर सडकको कच्ची नाली बनाउने तथा सडक मर्मतमा ६० वढी स्थानीय जुटेका थिए । बाटो उपभोक्ता समितिका अध्यक्ष हरि प्रसाद तिम्सीनाको पहलमा तथा वडा कार्यालयको सहयोगमा स्थानीहरुले श्रमदान गरेका हुन । वडा कार्यालयको सहजिकरणमा यो कार्यक्रम आउँदा दिनमा साँखेजुङका सवै बाटोहरुमा शुरु गर्ने पनि वडा अध्यक्ष गायत्रीराम वस्नेतले बताए ।
यस्ता कार्यक्रम देशै भरी पुर्याउन सके स्थानीयलाई सडकको आफ्नो हो यसको संरक्षण स्वयम् आफैले गर्नु पर्छ भन्ने भावनाको वृद्धि हुने र यसले सम्रह देश विकासमा टेवा पुग्ने श्रमदानमा पुगेका केन्द्रीय चिया सहकारीका संस्थापक अध्यक्ष गोविन्द दाहालले वताए ।
श्रमदानमा सविक साँखेजुङ वडा नम्बर २ का पूर्व वडा अध्यक्ष हरि प्रसाद तिम्सीना, केन्द्रीय चिया सहकारीका संस्थापक अध्यक्ष गोविन्द दाहाल, नेपालटार माध्यमिक विद्यालयका शिक्षक टेकेन्द्र वस्नेत, वडा सदस्य महोन गुरुङ लगायत स्थानीय युवा, देखि वृद्धहरुको समेत उत्साहजनक सहभागिता रहएको थियो ।
श्रमदान गर्ने साठी भन्दा वढीलाई नेपालटार निवासी व्यवसायी तथा समाजसेवी शकुनतला राईले खाजाको व्यवस्था गरेकी थिईन ।
श्रमदान गर्ने साठी भन्दा वढीलाई नेपालटार निवासी व्यवसायी तथा समाजसेवी शकुनतला राईले खाजाको व्यवस्था गरेकी थिईन ।
0 comments:
Post a Comment