इलामको रोङमा शैक्षिक अन्तरक्रिया सगै बिद्यार्थीलाई अभ्यास पुस्तिका

  • गोबिन्द पौडेल 

रोङ ११ जेठः नयाआर्थिक बर्षको शुरु हुनलाग्दा शैक्षिक क्षेत्रका समस्या र समाधानका बारेमा सरोकारवलासग अन्र्तरकिया गरिनुको साथै वालबालिकाहरुको लागि निःशुल्क अभ्यास पुस्तिका बितरण गरिएको छ ।
सामुदायिक बिद्यालयमा रहेका बिध्यमान समस्याहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर रोङ गाउपालिका ६ ले वडा शिक्षा समिति सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरु जनप्रतिनिहरुको सामुहिक भेला गरेर समाधानकोलागि आगामि दिनमा चालिने कदमको बारेमा गहन छलफल गरेको वडाध्यक्ष सत्यम राई चौरासेले बताए । 
वालबालिकाहरुको लागि सामुदायिक शिक्षामा आकर्षण र पहुच पुर्याउनको लागि चालु शंक्षिक बर्षमा वडाका सामुदायिक बिद्यालयमा अध्ययनरत कक्षा चारदेखी सातसम्मका बिद्यार्थीहरुको लागि प्रति बिद्यार्थी तीन वटा अभ्यास पुस्तिका समेत बितरण गरिएको वडा सचिव खगेन्द्र खतिवडाले बताए । छलफलबाट वडाका हरेक बिद्यालयमा कृषि प्राबिधिक सहितको करेसावारी शिक्षा, निःशुल्क अभ्यास पुस्तिकाको बितरणलाई निरन्तरता, वडा भित्रको परिक्षा प्रणालिमा एकरुपता जस्ता सुधारात्मक कार्यक्रम सचालन गरिने निर्णय गरिएको शिक्षासेवि तथा मोतिराम माध्यामिक विद्यालयकाका पुर्व प्रधानाध्यापक  दलबहादुर मोक्तानले बताए ।
वडाभित्रका हरेक बिद्यालयका समान र फरक  प्रकृतिको समस्या रहेको भएपनि स्थानिय सरकारले निति कार्यक्रम र बजेटको पुर्वसन्ध्यामा समस्याको पहिचान गरि निराकरणको लागि पहिलो पटक प्रयास गरेकोमा अत्यान्तै खुसि लागेको मोतिराम माध्यामिक विद्यालयका प्रधानाध्यापक कुमार मगरले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment