माई । इलामको माई नगरपालिका–३ मुसेटार र ढकाल कुइनेटो जोड्ने पक्की पुलको काम गुणस्तरहिन पाइएको छ । ८ करोड १५ लाखको लागमा निर्माणाधिन १०५ मिटर लामो पुलको काम गुणस्तरहिन पाइएको हो । जयबिष्णु के एम जेबि कम्पनी ले २०७८ असार २२ मा ठेक्का पारेर पुलको काम थालेको थियो । २०८० असारमा सम्पन्न गर्नुपर्ने पुलको दोश्रो स्ल्याप टेन्डर वायर तन्काउने क्रममा पुलको केही भाग धसिएको थियो ।
उक्त धसिएको भागलाई ममर्त गरेर ठेकेदार कम्पनीलाई काम अघि बढाउन थालेपछि वडाध्यक्ष देउकुमार तामाङ लगायत स्थानीयले पुलको काम रोक्न माग गरेका छन् । निर्माण कम्पनीका ध्रुव उप्रेतीले पुलको ३ वटा स्ल्याप मध्ये १ स्ल्यापको काम सम्पन्नपछि निर्माण हूँदै गरेको स्ल्यापको अन्तिम टेन्डयर वायर तन्काउने क्रममा समस्या आएको स्विकार गरे ।
उनले स्ल्यापमा प्रयोग हुने १२ वटा तार मध्ये ११ वटाको काम पुरा भएपछि अन्तिम तार तन्काउने क्रममा भाइब्रेटरको कमी र अत्याधिक तापक्रममा कारण मुनीको भागमा क्युरिङसंगै मसलाको कमीको काम समस्याा भएको बताए । उनले पुल चर्किनु अनौठो नभएको बताउँदै केही सामाग्रीहरु नेपालमा नपाइने भएकाले भारतबाट ल्याएर गुणस्तरिय काम हुने बताए ।
उनले गुणस्तरका सामाग्रीहरुको प्रयोग गरेर पहिलो भन्दा मजबुत काम गर्न आफु प्रतिवद्ध भएको बताए ।
उनले गुणस्तरका सामाग्रीहरुको प्रयोग गरेर पहिलो भन्दा मजबुत काम गर्न आफु प्रतिवद्ध भएको बताए ।
0 comments:
Post a Comment