इलामको एकतप्पामा आगलागिबाट २ लाख ४० हजार बराबरको क्षति
लिला लिम्बु
इलाम, ४ साउनः इलामको फाकफोकथमु गाउँपालिका–७ एकतप्पा चपेवामा आगलागिबाट आइत बहादुर नेम्वाङ्ग लिम्बु ९राजेश० को भान्साघर पुर्ण रुपमा जलेर नष्ट भएको छ । आज विहान साढे ७ बजेको समयमा खाना पकाउनको क्रममा आगलागि भएको हो । लिम्बुकी श्रीमती फिपरानी तरकारी टिप्न बारीमा गएको अवस्थामा आगो सल्किएको शिक्षक जगत बहादुर लिम्बुले जानकारी दिए । भान्सा घरमा आगो बलिरहेको देखेर स्थानीयबासिको सहयोगमा निभाउने प्रयास गरिएको थियो । आगलागिबाट मकै, भाँडाकुँडा, काठ लगायत करिब २ लाख ४० हजार बराबरको क्षति भएको जनाइएको छ । आगलागि बारे प्रहरी र जनप्रतिनिधिलाई जानकारी गराइएको छ । लोकल सन्देशबाट साभार
0 comments:
Post a Comment