इलाम, ४ साउनः झापाको शिवसताक्षी नगरपालिका १० टेक्रास्थित माई खोलामा एक युवतीको शव फेला परेको छ । स्थानीयले आज विहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । माई खोलामा दाउरा झिक्न गएका स्थानीयले दाउरा सम्झेर युवतीको शव समाएका थिए ।
उक्त शव इलाम माई नगरपालिका ८ इलाम घर भएकी १६ वर्षीया रमिला शेर्पाको भएको खुल्न आएको छ । इलाम माई नगरपालिका ८ बाट मंगलबार बिहानदेखि ती युवती हराएकी थिइन् । खेलाडीकै जर्सीमा रहेकी युवतीको शव हराएको स्थानबाट झण्डै १५ किलोमिटर दक्षिण फेला परेको हो । मृतकको शवलाई पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment