इलाम, ३ साउनः जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरे पुरस्कृत भएका छन् । कुशलतापूर्वक प्रशासनिक रुपमा कार्यसम्पादन गरेको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक घिमिरेलाई पुरस्कृत गरेको हो ।
जिल्ला प्रहरी कार्यालय इलाममा प्रहरी प्रमुखका रुपमा गत वर्षदेखि कार्यरत प्रहरी उपरीक्षकला प्रहरी प्रधान कार्यालयले कुशल व्यावसायिक दक्षता एवम् पेशागत निष्ठाको उच्च मुल्याङ्कन गर्दै नगद पुरस्कारसहित पुरस्कृत गरेको हो ।
प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक घिमिरेसहित अन्य प्रहरी अधिकारीहरु समेतलाई पुरस्कृत गरेको छ ।
पुरस्कृत हुनेहरुमा प्रहरी प्रधान कार्यालयले एआईजी मीरा चौधरी र डीआईजी बुद्धिराज गुरुङलाई पनि पुरस्कृत गरेको छ । पुरस्कार पाउनेहरूमा एसएसपी मनोजकुमार केसी र दिनेशकुमार आचार्य पनि छन् । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख (एसएसपी)दानबहादुर कार्कीलाई कुशलतापूर्वक प्रशासनिकरुपमा कार्यसम्पादन गरेको भन्दै पुरस्कृत गरेको छ ।
एसपीहरू नरेशराज सुवेदी, रामेश्वर कार्की, देवेन्द्रबहादुर पाल,, सन्तोष खड्काले पनि नगद पुरस्कार पाएका छन् ।
डीएसपीहरू अञ्जना श्रेष्ठ, जयश्वर रिमाल, प्रदीन ताम्राकारले पनि नगद पुरस्कार पाएका छन् ।
नगर पुरस्कार पाउनेहरूमा प्रहरी निरीक्षकहरू कृष्णबहादुर कुँवर, प्रहरी नायब निरीक्षक दीव्यराज मोक्तान, प्रहरी सहायक निरीक्षक रोशनआंगा श्रेष्ठ पनि रहेका छन् ।
प्रहरी वरिष्ठ हवल्दार सरोज गिरी अथित, प्रहरी सहायक हवल्दार मनीष लामा, प्रहरी सहायक हवल्दार विकास बिक, प्रहरी सहायक हवल्दार सुशीला लामा, प्रहरी सहायक हवल्दार दीपकसिंह खत्री, प्रहरी कार्यालय सहयोगी पुरुषोत्तम नेपाल, प्रहरी कार्यालय सहयोगी धिरेन्द्रकुमार मण्डल र प्रहरी कार्यालय सहयोगी दीपक खड्का पनि रहेका छन् ।

0 comments:
Post a Comment