इलाम । इलामको माइखोला टापुस्थित माई भगवती वृद्धाश्रमका ज्येष्ठनागरिकलाई नेपाली सेनाले काठको दराज उपलब्ध गराएको छ । सदरमुकामको गढीथुम्कास्थित रणशार्दूूल गणले इलाम नगरपालिका –१०, टापुस्थित रहेको वृद्धाश्रमलाई १६ वटा दराज सहयोग गरेको हो ।
लुगाफाटा र सरसामान राख्न ज्येष्ठनागरिकलाई समस्या भएको देखेपछि सेना आफैंले दराज निर्माण गरी आज हस्तान्तरण गरिएको गणपति सुनिल सुवेदीले बताउनुभयो । २०६२ सालमा स्थापित वृद्धाश्रममा अहिले नौं जना पुरुष र पाँच जना महिला ज्येष्ठनागरिक बस्दै आउनुभएको छ ।
नेपाली सेनाले दिएको दराजले ज्येष्ठनागरिकलाई सहयोग पुगेको वृद्धाश्रम संस्थापक इलाम नगरपालिकाका उपमेयर विष्णु दाहालले बताउनुभयो । वृद्धाश्रमलाई विभिन्न समय र अवसर मिलाएर विभिन्न संघ संस्था तथा दाताहरुले सहयोग गर्नेगरेका छन् ।

0 comments:
Post a Comment