इलाम । कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट चुलाचुलीका पत्रकार देविप्रसाद पौडेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर इलामद्धारा यसै बर्ष स्थापित ५ हजार राशीको पुरस्कार पौडेललाई प्रदान गरिएको हो ।
उनलाई इलाम नगर उपप्रमुख बिष्णु लिम्बु दाहाल र इलाम नगर प्रवक्ता नुतनदेव दुलालले सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन् । सेन्टरले इलामको हरेक बर्ष ग्रामिण क्षेत्रमा रहेर पत्रकारितामा क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
पौडेल विगत ६ बर्ष देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् ।
0 comments:
Post a Comment