१६ असार २०८०, शनिबार
एकल महिलालाई सिपमूलक उद्यमशीलता विकाश गर्ने उद्देश्यले सामाजिक विकास मन्त्रालयले प्रदेशस्थित १४ जिल्लाका १४ स्थानीय तहका एकल महिलाका लागि सञ्चालन गरेको कार्यक्रम अन्तर्गत फाकफोकथुम गाउँपालिकाको साझेदारीमा पाँच प्रकारका एकल महिलालाई प्रशिक्षणसहित समूह गठन गरिएको छ ।
सम्बन्धविच्छेद, विधवा, ४५ वर्षसम्मका अविवाहित, पाँच वर्षभन्दा बढी श्रीमान् सम्पर्कविहीन भएको र अंश लिएर मानो चामलसहित परिवारबाट अलग भएका गरी पाँच किसिमका महिलाहरुलाई मानव अधिकारका लागि एकल महिला समूह इलामको सहजीकरणमा महिला समूहका लागि तालिम सञ्चालन गरेको हो । तालिममा खाता खोल्ने तरिका, सिप विकास र समूह गठन साथै बीऊपूँजी परिचालन तथा उपयोग सम्बन्धी प्रशिक्षण गराइएको छ । डब्लुएचआर इलामबाट सहजकर्ताद्वय दिपा आचार्य र रञ्जु पौड्यालले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
समाजमा एकल महिलाहरूलाई स्थापित गराउन र आत्मनिर्भर बनाउने अभियानका साथ उनीहरुको समस्या, सुरक्षामा चुनौति, अवसर र सामाजबाट हुने विभेद, महिला हिंसा अन्त्य गर्न कार्यक्रमको आयोजना गरिएको पालिका उपाध्यक्ष कल्पना राईले जानकारी दिइन् । स्थानीयस्तरमा एकल महिलाको सहभागिता लगायतका विषयमा एकल महिलाको जीवनयापन सहज बनाउन तालिममा सिकेका सीप अनुसारको व्यवसाय गर्नका लागि बीऊ पुँजी प्रदान गरिने भएको छ ।
नरकुमारी लिम्बूको नेतृत्वमा नौ सदस्यीय समूह गठन गरिएको छ । एकल महिलाका नाममा संस्था दर्ता, खाता खोल्ने, एकल महिलाको परिभाषा, अधिकार लगायतका विषयमा प्रशिक्षण दिइएको प्रशिक्षक आचार्य र पौड्यालले बताइन् । तालिमसँगै भौगोलिक सम्भाव्यताको अध्ययनपछि स्थानीय एकल महिलाले कृषि र पशुपालन व्यावसायबाट आफूलाई जीविकोपार्जनमा सहायता पुग्ने गरी समूहबाट बीऊ पुँजी लिने भएका छन । ्
घरमै सीमित एकल महिलालाई सामाजिक काममा सक्रिय गराउने र आयआर्जनमा जोड दिने गरी कार्यक्रम मार्फत यस वर्ष एउटा वडामा मात्रै कार्यक्रम गरिको भएता पनि अगामी आर्थिक वर्षमा सबै वडालाई समेटिने उनले उपाध्यक्ष राईको भनाइ छ ।
- युद्धबहादुर बोहोरा

0 comments:
Post a Comment