इलाम । बिहेपछि बाबु र पति दुवैको मृत्यु भएपछि देउमाई नगरपालिकाकी एक महिला र उनका छोरा नागरिकताबाट वञ्चित भएका छन्। आमाकै नागरिकता नभएपछि हुर्केका छोराको समेत जन्म दर्ता हुन सकेको छैन।
देउमाई नगरपालिका–२, साब्जुङकी अन्दाजी ५९ वर्षीया तिलमाया बाँस्तोलाको यहीँ जन्मेको जन्म दर्ता छ तर नागरिकता छैन। उनी आफ्नो नागरिकता र छोराको जन्मदर्ताका लागि महिनौँदेखि वडा र नगरपालिका धाइरहेकी छिन्।तर, आफ्नो नागरिकता र २८–२९ वर्षे छोराको समेत जन्म दर्ता नै नबन्ने जबाफ पाएपछि उनी ‘घर न घाटको’ भएकी छिन्।
भारत असममा बसोबास गरेका बेला तिलमायाले असमकै थापा थरका व्यक्तिसँग बिहे गरेकी थिइन्। बिहेको केही समयपछि बाबु र पतिसँगै घर आएर निरन्तर बसोबास गरिरहेकी तिलमायाका एक छोरा जन्मिए। तिलमायाकै काका छोरा देउमाई–२, साब्जुङका घनश्याम बाँस्तोलाका अनुसार बाबु र पति दुवैको मृत्यु भएपछि तिलमाया एक्लिएकी हुन्।
तिलमायाका छोरा पनि ११ वर्षको भएपछि घरबाट बेपत्ता भए। अहिले उनी तराईतिर रहेको तिलमाया सुनाउँछिन्। तिलमायाकी आमा र दुई भाइ केही वर्षअघि झापाको दूधेमा बसाइँ सरे। उनका जेठा भाइको गत पुसमा आफ्नै भाइ बुहारीले हत्या गरिन्। वृद्ध आमा र कान्छा भाइ अहिले पनि दूधेमै अर्काको जमिनमा बसोबास गरिरहेका छन्।
साब्जुङमा उनीहरूको थोरै जमिन छ। तिलमाया अहिले साब्जुङमा आफ्ना काकाका छोरा घनश्यामकैमा बसेकी छिन्। तिलमायाको जन्म दर्ता रहे पनि उनका छोराको चाहिँ जन्म दर्ता छ या छैन भन्ने आफूलाई यकिन नभएको घनश्यामले बताए। ‘दिदी (तिलमाया) चाहिँ आफ्नो छोरो ११ वर्षको भएपछि घर छाडेर हिँडेको भन्नुहुन्छ,’ घनश्यामले भने, ‘दिदीको जन्म दर्ता पनि छ, उहाँका छोराको चाहिँ बनाइएको छैन होला।’
नगर उपप्रमुख पविमाया राई (पवित्रा) ले तिलमाया लामो समयदेखि आफ्नो नागरिकताका लागि वडा कार्यालय र नगरपालिकासमेत धाइरहेको बताइन्। ‘तिलमायाको नागरिकता नभएपछि छोरा २८–३० वर्ष पुग्दासमेत जन्म दर्ता हुन सकेको छैन,’ उपप्रमुख राईले भनिन्, ‘कुन उपायले उनीहरूको जन्म दर्ता र नागरिकता बन्छ भन्नेमा म पनि सम्बन्धित निकायतिर सोधी खोजी गर्दछु।’
निकै वर्षदेखि गाउँ–गाउँ भौँतारिरहेका तिलमायालाई चिन्ने–जान्नेले माना मुठी अन्न–चामल दिएर सहयोग गरेका छन्। सिडिओ श्रवणकुमार पोख्रेलले बाबु पनि नभएको अवस्थामा आमाको नागरिकता बिना छोराको जन्म दर्ता गर्न समस्या हुने बताए।
‘आमाको जन्म दर्ता, नागरिकतालगायत प्रस्ट भएपछिमात्रै छोराको जन्म दर्ता हुन्छ,’ सिडिओ पोख्रेलले भने। तिलमायाको नागरिकता बनाउने विषयमा उनका माइती पक्षको पनि सहयोग नभएको स्थानीय बताउँछन्।
तिलमायाको नागरिकता नबन्दा उनका छोराको जन्म दर्ता र नागरिकता नै नबन्ने भएकाले दुवै जना नागरिकताविहीन हुने सम्भावना बढेको उनका आफन्तले सुनाए। Nagariknews

0 comments:
Post a Comment