घट्दै छ काक्राको उत्पादन

  • गोबिन्द पौडेल 

रोङ, ८ असारः आम्दामीको श्रोत, ठाउको चिनारी र आफन्तलाई कोशेली बनेको काली काक्रोको उत्पादन हरेक बर्ष घटिरहेको छ ।
इलामे भूमिमा अत्याधिक उत्पादन हुनेगरेको स्थानिय जातकै स्वादिलो काक्रा खेतिमा किसानहरुको निक्कै मोह रहेको भएपनि रोगको प्रकोप र सरकारी असहयोगको कारण निरन्तर यसको उत्पादन घटेको हो ।
मेची राजमार्गका सडक पसलहरुमा सजाए राखेको काक्रोले हरेक ईलाम आउने पाउनाहरुको झोलामा घर कोशेली बन्ने मात्रै हैन गर्मिको  यो  सिजनमा हरेक होटलमा सलाद र स्वादिलो अचार बन्दा भारतबाट आयात हुने खिर्रो काक्राको आयात नै ठप्प बनाउने ईलामे काक्रामा  पात पहेलिदै कक्रने,चिचिला र फल कुहिने र वोट नै सरलक्क मर्ने रोगले हरेक बर्ष यसको उत्पादन घटिरहदा पनि सरकारी नजर चस्स समेत पर्न नसकेको रोङ ६ का किसान रुद्र रिजालले बताए । 
बिगतमा डेढ दुईलाखको उत्पादन हुने गरेकोमा यस बर्ष दश बिस हजारको समेत नभएको कारण लागत नै नउठ्ने भएपछि आगामि बर्षबाट यसको खेती नगर्ने अर्का किसान सेर बहादुर रिजालले बताए ।रोङ को वडा न ६ र सुर्योदय नगरपालिका,ईलाम नगरपालिका लगायतको गाउहरुमा अत्याधिक खेती गरिने यो स्थानिय जातको काक्रोको ब्यवसायिक खेती सुनपाको वडा न ६ तारगाउबाट शुरु गरिएको थियो ।फागुन चैत्रमा नर्सरी गरेको बिरुवाले जेठबाट उत्पादन हुने र करिव तिन महिना सम्म लगातार आम्दामि दिने गरेको छ । मेची राजमार्गका सडक पसल ,झापाका बिभिन्न बजारहर,भारतको सिलिगुडि र काठमाण्डौ सम्म बिक्री हुने गरेको काक्रामा उत्पादन भए हालसम्म बजारको  कुनै समस्या नरहेको किसानहरु बताउछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment