इलाममा राष्ट्रिय आर्विटर सेमिनार सम्पन्न


इलाम, १८ असारः बुद्दिचाल खेल प्रतियोगितालाइ ब्यवस्थित रुपमा सम्पन्न गर्दै खेल विकास र विस्तार गर्न उद्देशले आयोजित राष्ट्रिय आर्विटर सेमिनार सम्पन्न भएको छ । कोशि प्रदेश बुद्दिचाल संघको आयोजना, नेपाल बुद्दिचाल महासंघको प्राविधिक सहयोग एवं इलाम जिल्ला बुद्दिचाल संघको ब्यवस्थापनमा इलाम असार १७-१८ गते गरि २ दिन संचालन गरिएको थियो ।
सेमिनार संघका अध्यक्ष सुरेन्द्र कुमार राइको अध्यक्षता, बुद्दिचाल महासंघको उपमहासचिव मोनालिसा खम्बुको प्रमुख आतिथ्यता, साथै संघका केन्द्रिय सदस्य दिपेन राइ लगायतको आतिथ्यता भएको सेमिनारमा मनोज घिमिरेले सहजीकरण गर्नु भएको थियो । सेमिनारमा प्रदेशका १४ जिल्लाका ४१ जना सहभागी रहेका थिए । सहभागीलाइ सेमिनार पस्यात परिक्षा समेत लिएको थियो । यो सेमिनार बुद्दिचाल विकास, प्रवर्द्धन र प्रतियोगिता आयोजना एवं संचालनका लागि महत्त्वपूर्ण भुमिका खेल्ने आयोजकले हुने विस्वास ब्यक्त गरेको छ ।
सेमिनारमा बुद्दिचाल खेल प्रतियोगिता संचालनको लागि आवस्यक प्राविधिक ज्ञान, खेल सग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम कानुन र खेलको इतिहास, बर्तमान एवं भविस्य बारेमा सहजीकरण गरिएको थियो । सेमिनार पस्यात सहभागीलाइ परिक्षा समेत लिएको थियो । सहभागी मध्ये ६० प्रतिशतले कुल पुर्णाक मध्ये ८0 प्रतिशत अंक र बाकि ४० प्रतिशत सहभागीले ६० भन्दा भन्दा धेरै अंक प्राप्त गरेका थिए । सेमिनारमा यो प्रदेशका सहभागीको अत्यन्तै सकृय सहभागीता रहेकोले खेल प्रतियोगिता संचालनका लागि आवस्यक जनशक्तिमा महत्त्वपूर्ण भुमिका खेल्ने विस्वास ब्यक्त गरेका थिए । खेल मध्ये चेस मात्रै सबै उमेर समुहका र सबै लिङ एवं शारीरिक अवस्थाकाले एउटै प्रतियोगिताका सहभागी भएर खेल्न सक्ने एक मात्रै बौद्दिक खेल भएकोले यसको विकास र विस्तारमा राज्यले ध्यानदिनु पर्ने प्रमुख अतिथि मोनालिसा खम्बुले बताउनु भएको थियो । 
इलाममा यो ऐतिहासिक सेमिनार भएकोले सहभागीहरु अत्यन्तै खुसि भएका थिए । सहभागीलाइ अब केहि प्रक्रिया पुरा गरि चेसको अन्तर्राष्ट्रिय सर्बोच्च निकाय फिडे र नेपाल बुद्दिचाल महासंघले आर्विटरको प्रमाणपत्र उपाधि दिने आयोजकले जनाएको छ । कार्यक्रमको संचालन इलाम जिल्ला बुद्दिचाल संघ अध्यक्ष प्रकाश परियारले गरेका थिए । प्रतियोगिता इलाम हाइट होटलमा गरिएको थियो भने सहभागी प्रमाणपत्र वितरण समारोह अत्यन्तै सुन्दर पर्यटिकय क्षेत्र नेपाल कै पुरानो इलाम चियाबगानमा गरिएको थियो 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment