असार २१, २०८०
इलामः मंगलबार दिउँसो इटहरीको मुख्यचौंकमा टिपरको ठक्करबाट गम्भिर घाइते भएकी छोरी अंशु चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।
इटहरीको मुख्य चौकमा ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार आमा ३९ बर्षीया सरिता चौधरीको घटना स्थलमै मृत्यु भएको थियो । छोरी अंशु गम्भिर घाइते भएकी थिइन । उनको विराटनगर स्थित न्यूरो अस्पातलमा उपचारका क्रममा मृत्यु भएको इटहरी प्रहरीले जनाएको छ । उनि इटहरीकै कोशी सेन्टजेम्स कलेजमा बिबिएस प्रथम बर्षमा अध्ययनरत थिइन् ।
खनार स्थित आफन्तको पुजामा सहभागी हुन आमा छोरी स्कुटरमा सवार थिए । इटहरीको मुख्यचौंकमा टिफर ठक्कर दिई घाइते बनाएको र पछि व्याग सारेर पुनः ठक्कर दिएका कारण बाँच्न सक्ने आमा छोरीको ज्यान लिने काम टिपर चालकले गरेको भन्दै हिजो दिउँसोबाट इटहरी चौक तनाव ग्रस्त नै बन्यो । प्रहरी र स्थानीय बिच केही समय दोहोरो झडप समेत भयो । सो क्रममा दुवै तर्फगरि करिब १ दर्जन घाइते भएका छन् ।

0 comments:
Post a Comment