बिर्तामोडमा करेन्ट लागेर एक मजदुरको मृत्यु


झापा । सडक निर्माणको क्रममा करेन्ट लागेर झापाको बिर्तामोडमा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ३ स्थित सैनिक मोड निवासी ४० वर्षीय धनबहादुर राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 
प्रहरीका अनुसार शुक्रबार बिहान साढे ७ बजे घैलाडुब्बा–बिर्ताबजार सडक खण्ड अन्तर्गत बिर्तामोड २ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment