इलाम रोङका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण



रोङ, २० असारः रोङ गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुमा अध्ययन गरेका वालबालिकाहरुलाई छात्रबृत्ति बितरण गरेको छ ।
गत बर्ष २०७८ सालको एसइइ  परिक्षमा प्राविधिकधार तर्फ श्री शान्तिनिकेतन माध्यमिक विद्यालय रोङ ३ बाट श्रद्दा  भुजेल र साधारण तर्फ श्री बहुवन माध्यमिक विद्यालय रोङ ५ बाट प्रतिक्षा सक्तेनले उच्च जिपिए हासिल गर्नुभएको हुँदा दुबै जनालाई रोङ गाउँपालिकाले प्रोत्सान सरुप प्रशंसापत्र र पुरस्कार सहित सम्मान गरेको हो ।उनिहरुलाई जनहि ६ हजार एकसय छयानब्बे  नगद बितरण गरिएको थियो ।
यसै गरि रोङ गाउपालिकामा बसोवास गरि सामुदायिक बिद्यालयबाट एसईई परिक्षा उत्रिण गरि बिभिन्न कलेजहरुमा अध्ययनरत ६१ जनालाई गरिव तथा जेहेन्दार र सामुदायिक बिद्यालयवाट एसईई परिक्षा उत्रिण गरि बिभिन्न  कलेज तथा सस्थाहरुमा प्राबिधिक धार बिषयमा अध्ययनरत २३जना बिद्यार्थिहरुलाई जनहि १३ हजार त्रिचालीस रुपैयाका दरले महानन्द स्मृति छात्रबृत्ती बितरण गरिएको रोङ गाउपालिका शिक्षा शाखाका सुजाता पौडेलले बताए ।
गाउपालिकामा भएको एक औपचारिक कार्यक्रममा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो,उपाध्यक्ष बिस्नुमाया भुजेल र प्रमुख प्रसासकिय अधिकृत दिपेन्द्र दहालले प्रससा पत्र र नगद पुरस्क बितरण गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment