झापामा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०८० भाद्र २३ गते , शनिबार


झापाको कमल गाउँपालिकामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान १० बजेको समयमा कमल गाउँपालिका– ३ बोहरा टोलस्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आइरहेको मे ११ प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ गइरहेको मे २ प ५९२३ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खादा दुर्घटना भएको थियो ।

दुर्घटनामा मे २ प ५९२३ नम्बर को मोटरसाइकलका चालक कमल- ३ बस्ने ३० वर्षीय वीरेन्द्र सहनीको बायाँ आँखामुनि नाकमा चोट लागेर कानबाट रगत बगेकोले लाइफलाइन अस्पताल दमकमा लगिएको थियो । उनको उपचारको क्रममा बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मे ११ प ९२०३ नम्बरको मोटरसाइकलका चालक सोही ठाउँ बस्ने २३ वर्षीय सोमभगत बुढाथोकी सकुशल रहेकाले उनलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । दुवै मोटरसाइकललाई प्रहरी चौकी केर्खामा राखिएको छ । 

त्यस्तै शनिबार बिहान ११ः३० बजेको समयमा कमल- ५ सशस्त्र प्रहरी विटनजिक पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १२ प ९१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको मे ५ प ३६९६ नम्बरको सेतो कलरको पल्सर मोटरसाइकलले ठक्कर दिई फरार भएको छ ।

मे १२ प ९१ नम्बरको मोटरसाइकल चालक अर्जुनधारा- ५ बस्ने ३० वर्षीय रूपक दाहाल सकुशल रहेका छन् भने सोही मोटरसाइकलको पछाडि सवार २५ वर्षीय दीपिका सिग्देल घाइते भएकी छन् । दाहिने कुममा सामान्य पिल्सिएको उनको नमस्ते अस्पताल दमकमा उपचार भइरहेको छ । ठक्कर दिई फरार भएको मोटरसाइकलको खोजी भइरहेको र मे १२ प ९१ नम्बरको मोटरसाइकल प्रहरी चौकी केर्खामा राखिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment