एसिया कपः सुपरफोरमा भारत पाकिस्तनको भेट, पाकिस्तनको वलिङ र भारतको व्याटीङको टेस्ट

  • विनय तिम्सीना

इलाम, १६ भदौँः एसिया कपको तेस्रो खेल श्रीलंकाको कोलोम्बोमा आइतबार (आज) चिरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तान विच नेपाली समय अनुसार ३ः१५ हुँदैछ । पाकिस्तानले समुहचरणमा नेपाललाई २३८ रनले पारिजत गरेको थियो भने भारतसँगको खेलमा बर्षाले खेल रद्ध भएको थियो ।
भारतले पनि नेपाललाई १० विकेटले पराजित गरेको थियो । यो खेलमा पाकिस्तानको वलिङ राम्रो रहेको र भातिय ब्याटरहरुमा पाकिस्तनको वलिङ र भारतको व्याटीङ राम्रो रहेकोले पाकिस्तानी वलर सामु व्याटीङको टेस्ट भने जरुर हुने छ । 
यी टीमको भेट ४ वर्ष अघिको २०१९ जुन १४ मा एकदिवश्य क्रिकेटमा भेट भएको थियो त्यो खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । त्यसपछिको भेट भने टी–ट्वान्टी विश्वकपमा हो त्यसमा पनि विराट कोहलीको एक्लैको प्रयासमा भारतले पाकिस्तानलाई हराएको छ । 
पाकिस्तान विरुद्ध जुसुकै खेलमा पनि लयमा देखिने कोहली वर्षाले रद्ध भएको खेलमा भने ४ रन बनाउँदै आउट भएका थिए । तर खेलमा इशन किशान र हार्दिक पाण्ड्याले शानदार व्याटीङ गर्दै लक्ष्यलाई २६६ पु¥याएका थिए । 
पाकिस्तानी फास्टबलरले भारतको टपअडर लहसनहस बनाएको भए पनि मिडलअडरले राम्रो प्रशर्दन गरेको थियो तर आजको खेलमा भारतले चोटमुक्त भएर आएका विकेटकिपर व्याटर केएल राहुललाई खेलाउने चक्करमा अघिल्लो खेलका हिरो किशनलाई नखेलाएर ठूलो भूल पनि गर्न सक्कछ ।  
पछिल्ला एकदिवश्यि ५ वटा खेल हेर्ने हो भने भारत २ वटा खेलमा विजयी भएको छ भने एउटा खेलमा पाकिस्तानले जीत निकालेको छ । एउटा खेल वर्षाको कारण रद्ध भएको  छ कागजी अंकटा हेर्दा पनि भारत वलियो देखिन्छ । 
यता विश्व रेङ्कीङको कुरा गर्ने हो भने पाकिस्तान एक नम्बरमा छ भने भारत तेस्रो नम्बरमा छ । 
पकस्तिानले लगातार जीत निकाल्दै आएको छ त र लयमा छ भन्न सकिन्छ तर पाकिस्तानले विश्व क्रिकेटका साना टीमहरु सँग जीत निकाल्दै यहाँ सम्मको यात्रा तय गरेको छ । पछिल्ला ४ खेलमा पाकिस्तनले एक खेल नेपालसँग र तीन खेल अफ्गानस्थान सँग खेलेर जीत निकालेको हो । यता भरतभने यस अघि खेलाडीहरुको रोटेसनमा लागेर धेरै खेलाडीलाई मौका दिदै एसिया कप पछि हुने विश्वकपको तयारी गरिरहेको थियो ।
रोहीत शर्माको कप्तानीमा रहेको टीमको प्लेइङ निकाल्न भने मुस्किल रहेको देखिन्छ । ओपनर किशनको लागि अपोनीङमा ठाउँ छौन उनलाई मिडल अडरमा एक्जस्ट गर्नु पर्ने वाध्यता रहेको छ । तर केएल राहुल इशन भन्दा सेलेक्टर र कप्तानले मनपराएका खेलाडीभएकाले उनले चान्सपाउने सम्भवना कम्ती देखिन्छ उनले एकदिवशिय खेलमा लगतार राम्रो प्रदर्शन गरिरहेका छन् । 
केएल राहुलले विकेटकिपिङ नगरेका आर्का मिडल अडर व्याटर श्रेयस आयरले खेल गुमाउन सक्छन् ।  
भारतको लागि ओपनर रोहीत शर्मा र शुभम गील र तेस्रो नम्बरमा विराट कोहली खेल्लने लगभग तय भएको छ भने पाकिस्तानको लागि यी तिन खेलाडी खतरा हुन सक्छन् । भारतको वलिङ लाईनमा पनि जसप्रीत बुमराह, महम्मद सिराज र मोहम्मद शमी रहेका छन् उनीहरुको पेस निक्के राम्रो रहेको छ । अलराउण्डर रवीन्द्र जडेजा र हार्दिक पान्ड्या लगभग खेल्लने पक्का जस्तै हो उनीहरु पनि खतरा हुन सक्छन् । स्पिनर कुलदिप यादव पनि राम्रो लयमा देखिएका छन् । 
पाकिस्तानका कप्तान बाबर आजमले शनदार १५१ रनको पारी खेलेर आएका छन् भने आर्क व्याटर इफ्तिखार अहमद १०९रनको विस्फोटक पारी खेलेर उच्च मनोवलका साथ आएका छन् । अन्य व्याटरहरु फकर जमान, इमाम उल हक र विेटकिपर मोम्मद रिजवान पनि भारतका लागि खतरा हुन सक्छन् । पाकिस्तानको व्याटीङ भन्दा पनि वलिङ भारतको लागि घातक हुन सक्छ । पाकिस्तानी वलर हारिस रऊफ, नसीम शाह र शाहीन शाह अफ्रिदी भातका व्याट्मेनको लागि मुख्य खतरा हुन । स्पीनर शादाव खना पनि उत्तीकै घाटक वलिङ गरिरहेका छन् । 
एसिया कपमा अफगानस्ता, बंगलादेश, पाकिस्तन, श्रीलंका र भारत रहेका छन् । एसिया कपको भारत र पाकिस्तान प्रमुख दावेदार भनिए पनि साविक विजेता भने श्रीलंका रहेको छ ।  
भारतीय टीमः  रोहित शर्मा (कप्तान), विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, शुभमन गिल, सूर्यकुमार यादव, तिलक वर्मा, ईशान किशन(विकेटकीपर), हार्दिक पंड्या(उप–कप्तान), रवींद्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज, कुलदीप यादव, प्रसिद्ध कृष्णा, 
पाकिस्तानी प्लेइंगः बाबर आजम (कप्तान), फखर जमान, इमाम उल हक, सलमान अली आगा, इफ्तिखार अहमद, मोहम्मद रिजवान (विकेटकीपर), शादाब खान (उप–कप्तान),मोहम्मद नवाज, फहिम अशरफ, हारिस रऊफ, नसीम शाह, शाहीन शाह आफरीदी


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment