इलामको रोङमा बुढापाका सोध्न थाले कहा पाईन्छ अदुवा

  • गोविन्द पौडेल 

रोङ २७ भदौः इलामेको आर्थिक जीवनस्तर उकास्न सहयोगी बनेको अदुवा खेती मासिदै गएको छ । कुनैबेला अधिकास किसानहरुको आम्दामीको मुख्य श्रोत रहेको अदुवा खेती ठप्प भएपछि उ बेला अदुवाका खेतिमा जमेकाका बुढापाकाहरुमा जिज्ञासा नै बढेको छ अचेल कहा पाईन्छ अदुवा भनेर ।
रोङ ६ रम्भ्याङका ७५ बर्षिय सेर बहादुर घिमिरे आफुले ४०  मन सम्म अदुवा रोपेको सरदर एक मनको सात आठ मन  फल्ने गरेको ,रोपेको बिउ पनि साउन भदौतिर निकालेर बेच्ने गरेको कुरा अहिले कथा जस्तो लाग्छ भन्छन् ।अहिले त चढाउने र मसला खाने सम्म पनि हुदैन गाउ भरिनै छैन उनको भनाई छ ।
यता गाउमा अदुवाको खेति नै नहुने भएकोले आफुकहा अदुवाको कारोवार बिगत तिन चार बर्षयता शुन्य रहेको हरकटेका ब्यपारी दुर्गा निरौला बताउछ ।निरौला मात्रै हैन इलाम नगरपालिका ८ सिमफ्रिङका ब्यपारी दिनेस अधिकारी भन्छन् छिटफुट छ तर गाडि नै त कहिले पुग्दैन । यता रोङ ४ का किसान ठाकुरअर्याल भन्छन् यस बर्ष पाच मन रोपेको  मरेर सकियो ।
मसला र औँषधि जन्य अनि भारतमा निर्यात हुने अदुवामा गानो कुहिने लतक्क परेर मर्ने रोगको कारण अदुवा मासिएको हो ।किसानले ठाउ, बिउ फेरेर रोपेपनि उम्रनसाथ अदुवा मर्ने गरेको कारण अहिले इलामका अधिकांस किसानले  अदुवा रोप्न छाडेका हुन ।
अहिले इलाममा अदुवा खेतिको अवस्था वारे कृषि ज्ञान केन्द्र इलामका कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी रुजन खड्कासग कुरा गर्दा बिगतका बर्षहरु भन्दा क्रमस घट्दै गएको र अहिले सघिय सरचना अनुसार आफुहरुले पालिका र किसानहरुवाट प्राबिधिक सहयोगको माग आएमा  दिने गरेको बताउछन् ।किसानहरुले अदुवाको बिउछनौट,माटोको तैयारिदेखिनै उपचारात्मक उपयाहरु नगरिदिदा समस्या आएको बताए । 
सूचना अधिकारी खड्काको अनुसार इलाममा आर्थिक वर्ष ७८र७९ मा ३ हजार २सय  पैतिस हेक्टर क्षेत्रमा अदुवा रोपण गरि ५१ हजार सातसय साठि मेटिक टन अदुवा उत्पादन हुदा १६ मेटिकटन प्रति हेक्टर र आर्थिक वर्ष २०७९र८० मा ३ हजार २ सय २५ हेक्टरमा गरिएको अदुवा खेतिवाट ५० हजार ९ सय ५५ मेटिकटन उत्पादन भएको प्रतिहेक्टर उत्पादन १५ दशमलव आठ  हुदा अघिल्लो बर्षयता जिरो दशमलव तीन  प्रतिसत उत्पादकत्व घटेको तथ्याङ्क रहेको बताए । 
कृषि ज्ञान केन्द्रमा खास कार्यक्रम नहुने भएपनि यो बर्षभने अदुवा उत्पादन प्रवर्धन कार्यक्रम रहेको उनको भनाई रहेको छ ।
यता कृषि ज्ञान केन्द्रको अदुवा खेति र उत्पादनको रााम्रै तथ्यांक रहेपनि अदुवा रोपेर भुक्त भोगि इलामे किसानहरु भने यो तथ्यांक  नै गलत रहेको र इलाममा यति खेति र उत्पादन  नरहेको बताउछन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment