झापामा भारत लगिरहेको गाई-गोरुसहित एउटा गाडी नियन्त्रणमा

भाद्र २८ गते , विहीबार


ॐकार सेना नेपालले गाई गोरुसहित एउटा गाडी नियन्त्रणमा लिएको छ । सताक्षीधामका प्रमुख सन्त नन्दकिशोर महाराजको नेतृत्वको ॐकार सेना नेपालले तस्करीको माध्यमबाट भारत लैजान लागेको पाँच वटा गाई र २ वटा गोरु नियन्त्रणमा लिएको हो । मे १ च ५६९३ नम्बरको पिकअप गाडीमा गाईगोरु खाँदाखाँद गरी कष्टपूर्ण तरिकालाई सीमा नाकामा तर्फ लैजान खोजिएको थियो । 
सोही क्रममा गाडी नियन्त्रणमा लिएर गाईगोरुलाई उद्धार गरी सताक्षीधाम गौशाला पठाइएको छ । गाडी धनी हाविल अलिलाई आइन्दा यस्तो कार्य नगर्ने लिखित प्रतिबद्धता गराई गाडी छाडिदिएको सन्त नन्दकिशोर महाराजले जानकारी दिए । दमक नगरपालिकाबाट झापा गाउँपालिका हुँदै भारततर्फ बद्ध गर्ने उद्देश्यले गाई गोरु लगिरहेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए । 
पछिल्लो समयमा कोसी प्रदेशका विभिन्न भागहरूमा गाईगोरु काटेर खाएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि जातीय र धार्मिक विवाद चुलिएको छ । यस अगाडि पनि ॐकार सेना नेपालले विज्ञप्ति जारी गर्दै गाईगोरु तस्करी गर्ने जो कसैलाई पनि कारबाही गर्ने चेतावनी दिएको थियो । जिल्लाको गौरीगञ्ज, झापा, मेचीनगरको ज्यामिरगढी, नकलबन्दा र बाहुण्डाँगीबाट गाईगोरु तस्करी भइरहेको स्रोतको दाबी छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment