झापाकाे भद्रपुरमा आगलागी, दुईवटा घर जल्यो, साढे ५ लाखको क्षति


झापा, २ असाेजः भद्रपुरमा दुई वटा घरमा आगलागी हुँदा साढे ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । भद्रपुर नगरपालिका– ५ स्थित झिम्कीचोक निवासी रोहित कामती र सोही ठाउँका अजय रसाइलीको घरमा सोमबार दिउँसो सवा ४ बजेको आगलागी भएको थियो । 


कामतीको घरमा खाना पकाउने ग्यास सिलिन्डरबाट ग्यास लिक भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 
कामतीको टिनको छानो, टिनको बेरा भएको एक तले घर, भाडावर्तन, लत्ता कपडा, फ्रिज लगायतका सरसामान जल्दा करिब ४ लाख रुपैयाँ क्षति भएको छ । 
त्यस्तै रसाइलीको टिनको छानो, टिनको बेरा भएको घर आंशिक रुपमा जल्दा करिब डेढ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
घरमा लागेको आगो भद्रपुर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको थियो । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment