इलाममा रविनको हत्या, हत्या अभियोगमा सोहि स्थानका पदम बहादुर पक्राउ


इलाम, ३१ भदौँः इलाम नगरपालिका ९ मा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतकलाई इलाम नगरपालिका वडा नम्बर ९ स्थित गायोडाँडा लामेदुहाली कुलोमा स्थानीयले फेला पारेका थिए । मृत्यु हुने सोही स्थानवस्ने वर्ष ५२ को रविन भन्ने रेशमराज राईको रहेको प्रहरीले जानकारी गराएको छ । स्थानीयले मृत अवस्थामा रहेका राईलाई देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

 
जानकारी प्राप्त भए पछि  जिल्ला प्रहरी कर्यालय इलामबाट प्रहरी नायव उपरीक्षक प्रकास जबेगुको कमाण्डमा अनुसन्धानटोली सहित घट्नास्थलमा खटी गई मृतक शव एंव घट्नाको प्रकृति हेर्दा निज रबिन भन्ने रेशमराज राईको टाउकोमा गम्भीर चोट लागी रगत बगेको तथाघट्ना कसैले कर्तव्य गरी मारेको हुन सक्ने देखिएकोले अनुसन्धान शुरु गरिएको थियो । सोहि क्रममा उक्त घट्नामा इलाम इलाम नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष २९ को पदम बहादुर तामाङले घटाएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको र निजलाई कार्वाही गरी पाउ भनि मृतकको छोरा दिपक भन्ने मनजय राईले किटानी जाहेरी दिए पछि जिल्ला प्रहरीले निज पदमबहादुरलाई पक्राउ गरि  म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश जवेगुले जानकारी गराए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment