झापा शिवसताक्षीका सन्तवहादुरको बाख्रालाई घास झार्ने क्रममा रुखमै निधन

 ३१ भाद्र २०८०, आईतवार


झापा । झापाको शिवसताक्षी नगरपालिका – ८ का ७५ वर्षीय एक वृद्धको आज रुखमा मृत्यु भएको छ ।
घर नजिकै रहेको खरीको रुखमा घाँस काट्न चढेका शिवसताक्षी नगरपालिका – ८ रत्न चौकका सन्त वहादुर तामाङको रुखमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीका अनुसार बिहान साढे सात बजेतिर सन्तबहादुर घरनजिकैको ४० फुट अग्लो खरीको रुखमा बाख्राका लागि घाँस काट्न चढेका थिए । घाँस काट्दा काट्दै उनी एक्कासी रुखमै बेहोस भई उनी रुखको हाँगाको कापमा अड्किएका थिए ।
उनी रुखमा घाँस काट्दै गर्दा रुखमुनि श्रीमती फूलमाया तामाङ र छोरा कुमार दोर्जे तामाङ घाँस बटुल्दै थिए । तामाङ रुखमा अड्किएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
रुखमा अड्किएका सन्तवहादुरलाई रुखमा चढेर निकाल्न सक्ने अबस्था नभएपछि जेसिबीको सहायताले रुखमा चढेर तामाङलाई निकाल्दा उनको मृत्यु भइसकेको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए ।
प्रहरीका अनुसार तामाङलाई उच्च रक्तचापको समस्या थियो । उनको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल दमक पठाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment