- गोबिन्द पौडेल
बुढेसकालको साथीसगै गाउँपालिकाको गतिबिधि रेडियो मार्फत सूचना प्रवाह गर्नको लागि रेडियो बितरण गर्न लागेको हो । गाउँपालिकाका लक्षित समुहको रुपमा रहेको ज्येष्ठ नागरिकहरुले सूचना मुलक शिक्षामुलक सामाग्रीहरु सुन्न नपाउने भएकाले रेडियो बितरण गर्न लागिएको गाउपालिका अध्यक्ष मणिकुमार स्याङबो सुवासले बताए ।
‘रोङमा रहेका ज्येष्ठ नागरिकको घरधुरी तथ्याङक संकलन सकेर करिब एक हजार एक सय घर परिवारलाई रेडियो बितरण गर्न लागिएको हो । मोबाइल र इन्टरनेटको माध्यमबाट प्रवाह हुने सूचना युवा तथा शहर बजारमा मात्र सिमित हुने तर गाउ बस्ती र मोबाइल चलाउन नजान्ने जेष्ठ नागरिकहरुको लागि रेडियो नै एक मात्रै प्रभावकारी माध्यम भएकाले रेडियो बितरण गर्न लागिएको अध्यक्ष स्याङबोले बताए ।
बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत रहेर पहिलो चौमासिक भित्रैमा रेडियो बितरण गर्ने कार्यक्रम रहेको बताइएको छ । रोङ गाउपालिकाबाट बिभिन्न रेडियोहरुवाट गाउपालिकाको गतिबिधि रहेको ‘रोङको सेरोफेरो’ र जेष्ठ नागरिकसगको भलाकुसारी जेष्ठ नागरिक संवाद कार्यक्रम रेडियोवाट प्रसारित हुने गरेको छ ।
0 comments:
Post a Comment