एसिया कप फाइनल : श्रीलंकाविरुद्ध भारतको ऐतिहासिक जित


काठमाडौं । एसिया कप २०२३ को उपाधि भारतले उचालेको छ । आइतबार कोलम्बोमा भएको फाइनल खेलमा श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले ८ औँ पटक एसिया कप जित हात पारेको हो ।

फाइनल खेलमा पहिले टस जितेर भारतविरुद्ध ब्याटिङ गरेको श्रीलंका ५० रनमै अलआउट भएर भारतलाई जितका लागि ५१ रनको लक्ष्य दियो । श्रीलंकाले १५.२ ओभरमा जम्मा ५० रन मात्र बनाउन सफल भयो ।

भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिन सफल भए । खेलको पहिलो ओभरमा बुमराहले विकेट लिएका थिए । त्यसपछि भारतले लगातार विकेट लिएर श्रीलंकालाई ५० ओभरको खेलमा १५.२ ओभरमै अलआउट गर्यो ।

जितका लागि ५१ को लक्ष्य पाएको भारतका लागि किसन र गिलको साझेदारीले नै भारतले जित हासिल गर्यो । उनीहरुले ६.१ ओभरमै ५१ रन बनाएर जित हासिल गर्यो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment