खोटाङ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका– ७ माक्पामा कुकुरको शालिक बनाएर राखिएको छ । हिजोआज लाखौं बजेट खर्च गरेर शालिक बनाउने होड चलिरहेको छ । समाजलाई विशिष्ट योगदान दिएका व्यक्तिको शालिक बनाएर राख्नु त स्वभाविक नै हो तर पशुपन्छीसम्मको शालिक बनाएर चोकचोकमा राखेको देखिन्छ । यस्तै होडमा बनेको भने होइन, खोटाङमा कुकुरको शालिक । यहाँ कुकुरको शालिक बनाउनुको प्रसंग केही फरक छ ।
खोटाङमा कुकुरको शालिक बनाउनुलाई यस ठाउँका एक व्यक्ती दुर्मी राई र उनका पूर्खाको इतिहाससँग जोडिएको छ । माक्पामा बसोबास गरिरहेका दुमी राईको इतिहाससँग जोडिएको ‘माकी/माखी’ नामको कुकुरको शालिक यहाँ राखिएको हो । साविकको माक्पा–३ दुम्नीडाँडा (पुर्खाडाँडा)मा ‘माखीपा पार्क’ निर्माण गरेर माकी कुकुरको शालिक राखिएको छ । माखिपाकै साहरामा दुर्मी राईका पुर्खा दाजुभाई गान्पा र रतेपाले माक्पा पत्ता लगाएर बस्ती बसाएका कारण ‘माकी’को समाधिस्थल रहेको दुम्नीडाँडामा ‘माखीपा पार्क’ निर्माण गरिएको हो । माकीपाको मुर्ती तीन लाख ८० हजारमा तयार पारिएको हो ।
माकीपाले पत्ता लगाएका कारण ‘माकी/माकीपा’बाट अपभ्रंश भएर ठाउँको नाम नै माक्पा रहन गएको कथन छ । दुम्नीडाँडामा हाल माकीपाको चिहानको भग्नावशेष मात्र बाँकी छ । बहुमुल्य वस्तु राखिएको आशंकामा अज्ञात व्यक्तिले माकीपाको चिहान खोतलेर भग्नावशेष बनाएका हुन् । यसरी पुगे माक्पामा दुमी पुर्खा माक्पाको दुमी इतिहास बारे स्नातकोत्तर तहमा शोधपत्र तयार गरेका कीर्तिकुमार राईका अनुसार गान्पा र रतेपा दाजुभाई केपिलासगढी गाउँपालिकाको सिमपानीमा बस्थे । उनीहरु सिकार खेल्दै जीवन निर्वाह गर्थे । उनीहरुले माखी नामको कुकुर पालेका थिए । गान्पा र रतेपाले तिनै कुकुरको सहयोगमा शिकार गर्थे । एक दिन शिकार खेल्न गएको माखी शरीरभरी भेडेकुरो टाँसिएको अवस्थामा फर्कियो । कुकुरको शरीरमा टाँसिएको भेडेकुरो देखेर गान्पाले ‘माखी हुन् पुगेको हो ।
दुमी राई र माखिपाको इतिहासलाई जोगाउँदै पर्यटन प्रवद्र्धनका लागि ऐसेलुखर्क गाउँपालिकाले डिपिआर तयार पारेर आर्थिक वर्ष २०७४/०७५ देखि माखीपा पर्यटन क्षेत्रको विकासको काम सुरु माक्पा–७ वडाध्यक्ष अरुण राईले बताए । ‘माखी पुगेको ठाउँ मलिलो हुनुपर्छ’ भनेर त्यही गएर बस्ने निधो गरे र रतेपालाई जानकारी नदिइ कुकुरलाई अघि लगाएर पछ्याउँदै हिँडे । चिन्ह स्वरुप केरा र बोहोरीको बोट काट्दै रावा खोला तरेर कुकुरसँग हालको माक्पा पुगेर बस्न थालेको (इसिलिम, २०७४, अंक १७)मा उल्लेख छ । यता सिमपानीमै छोडिएका रतेपाले गान्पाको खोजी सुरु गरे । नजिकै गोहो भेटेपछि गोहो पहिल्याउँदै रतेपा पनि गान्पा भएको ठाउँमा पुगेको ७८ वर्षीय वृद्ध जसबहादुर राई बताउँछन् ।
माक्पामा बसोबास सुरु भएपछि माखि कुकुरले नै हम्बकुमा पानीको मुहान पत्ता लगाएको इतिहास छ ।
न्युज२४ नेपालबाट साभार

0 comments:
Post a Comment