एसिया कपः भारत पाकिस्तानको खेल वर्षका कारण रद्ध, पाकिस्तान सुपरफोरमा

  • बिनय तिम्सीनम

इलाम, १६ भदौँः भारत र पाकिस्तान विच श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको  एसिया कपको तेस्रो खेलमा भारतले पाकिस्तानलाई १६७ रनको लक्ष्य दिए पछि बर्षाका कारण रद्ध भएको छ । खेल रद्ध सँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । पाकिस्तनले यस अघि नेपालाई हराएर २ अंक जोडेको थियो कुल ३ अंक सहित पाकिस्तान सुपरफोरको लागि छनौट भई सकेको छ । भारतले भने नेपाल संगको खेल जित्नु पर्ने हुन्छ । 
भारतको लागि इशान किशनको ८२  रनको र हार्दिक पाण्ड्याको ८७ रनको पारीलको मद्दतले ४८.५ ओभरमा सवै विकेट गुमाउँदै २६६ रन बनाएको हो । 
भारतिय कप्तन रोहित शर्माले टस जितेर पहिले व्याटिङको फैसला लिएका थिए । तर भारतको शुरुवात त्यति राम्रो रहेन वर्षाका कारण खेल रोकिएर शुरु भए पछि भारतले लगतार दुई विकेट गुमायो भारतिय कप्तान रोहित शर्मा ११ रन बनाउँदै शाहीन शाह अफिरीदीले आउट गरे त्यसको लगत्तै विराट कोहली ४ रन बनाउँदै अफिरीदिकै बलमा आउट भए । लामो समय पछि इन्जुरीबाट वापस आएका श्रेयस अय्यर पनि राम्रो लयमा भए पनि १४ रन बनाउँदै हारिस रौऊफको बलमा आउट भए । शभमन गिल पनि लामो समयसम्म क्रिजमा बसेर लयमा आउन खोजे तर भारतको चौथो विकेटको रुपमा १० रन बनाउँदै रौऊफकै बलमा आउट भए त्यो समयमा भारत ६६ रनमा थियो । 
त्यस पछि भारतका विकेटकिपर व्याटर इशान किशन र अलराउण्डर हार्दिक पाण्ड्याले पारीको समाले उनीहरुले भारतको लागि १३८ रनको साझेदरी गर्दै भारतलाई मजवुद स्थीतिमा ल्याए ।  
भारतलाई २६६ रनमा समेट्नका लागि पाकिस्तनी बलारको तर्फबाट शाहीन शाहा आफरिदीले सर्वाधिक ४ विकेट निकाले हारिस रौऊफले ३ विकेट निकाले नशिम शाहले ३ विकेट निकाले हुन । 
आजको खेल अफगानस्थान र बंगलादेश वीच पाकिस्तानको लाहोरमा हुने छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment