झापामा ब्राउनसुगर सहित तीन जना पक्राउ

 २६ भाद्र २०८०, मंगलवार 


झापा। झापाको छुट्टा–छुट्टै दुई स्थानबाट लागूऔषध ब्राउनसुगर सहित तीन जनालाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले झापा गाँऊपालिका–२ बजारमा साईकल यात्री भारत किसनगञ्ज महमारी धनतोला पन्चायत बस्ने २६ बर्षीय असरफुल हकलाई प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ८ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरिएको छ ।
यता झापाकै बिर्तामोड नगरपालिका १ कञ्चनजंघा टोल स्थित बिमला होटल एण्ड लज संचालन गरि बस्ने होटल सञ्चालिका ४० बर्षीया बिमला मोक्तान र भद्रपुर नगरपालिका ७ को २९ बर्षीय रुजन चौधरीलाई १ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।
लागूऔषध ब्राउनसुगरको कारोबार भईरहेको सुचना प्राप्त भई ईलाका प्रहरी कार्यालय अनामनी झापाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । प्रतिबन्धित ब्राउनसुगर सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment