रोङ २४ भदौः आफ्नो वडाभित्रका कुनै नागरिकको मृत्यु भएमा वडाका जनप्रतिनिधिहरु पुग्ने प्रतिद्धता कार्यन्वयन गरेको छ । आफ्ना दलका समर्थक मरेको बेलामा मात्रै मलामी अनि समवेदना बोकेर पुग्ने राजनितिक दलहरुको ब्यवहारलाई चुनौति दिदै वर्तमान रोङ गाउपालिका वडा न ६ का वडाध्यक्ष सत्यम राई चौरासेले आफु निर्वाचित भए लगत्तै वडा भित्रका सबै नागरिकहरु आफ्ना लागि समान हुन र उनिहरुलाई कुनै राजनितिक हिसावले असमान ब्यवहार गरिनु हुदैन भन्ने जनमुखी र लोकतान्त्रिक निर्णय गरेर वडा भित्रका कसैको निधन भएमा वडाको तर्फवाट समवेदना सहित उपस्थित भएर समानुभुति दिने गरेका हुन ।
दोश्रो स्थानिय निर्वाचन भएयता रोङ गाउपालिका बडा न ६ मा एक दर्जन बढि नागरिकको मृत्यु भएको र यसमा सबैको घरमा वडाका सभव भएसम्म सबै जनप्तिनिधिहरु र कर्मचारीहरु पुगेर समवेदना ब्यक्त गरिएको वडासचिव खगेन्द्र खतिवडाले बताए ।
आफ्ना घरमा नजिकको सरकार वडाका जनप्रतिनिधि र कर्मचारीहरु दुखको बेलामा आउदा आफ्नो दुखि मन पनि केहि हलुका जस्तो भएको रोङ छ रम्भ्याङका एक शोकाकुल सदस्यले बताए ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता
0 comments:
Post a Comment