शनिश्चरे । झापाको अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा सवारीसाधन तोडफोडमा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोडका विक्रम सुब्बा रहेका छन् । उनी बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईका कार्यकर्ता भएको बताइएको छ । उनलाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको डिएसपी सुरज कार्कीले बताए । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत आएको संघको कार्यक्रम भाँड्न नसकेपछि प्रसाईँका कार्यकर्ताले पार्किङ गरी राखिएका गाडी तोडफोड गरेको दाबी गरिएको छ । बस्नेतको कार्यक्रमको विरोध गर्न पहिचानवादीहरु पनि गएका थिए । आफूहरु तोडफोडमा नउत्रिएको १ नं प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिका संयोजक पाण्डवलाल चौधरीले बताए । ‘हाम्रो कार्यक्रम शान्तिपूर्ण थियो, हामीले कालो झन्डा देखाएका हौं’, उनले भने, ‘हामी शनिश्चरे माविभन्दा अगाडि बढेनौं, तोडफोडमा पनि गएनौं ।’ कार्यक्रम बिथोल्न नसकेपछि कार्यक्रममा सहभागी हुन आएका र सर्वसाधारणका गाडीमाथि रिस पोखेका थिए । कोही नभएको मौका छोपी पार्किङमा राखिएका गाडीमा तोडफोड गरी उनीहरू भागेका थिए । करिब २५ जनाकाे संख्यामा उनीहरू भएकाे प्रत्यक्षदर्शीकाे भनाइ छ । सडक किनारमा पार्किङ गरी राखिएका करिब २ दर्जनजति चारचक्के र मोटरसाइकलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
दर्जनाैँ गाडी ताेडफाेडको आरोपमा विक्रम सुब्बा पक्राउ

0 comments:
Post a Comment