२ कार्तिक २०८०, बिहीबार
झापा । प्रतिबन्धित ब्राउन सुगरसहित दमकमा चार जना पक्राउ परेका छन् । दमक ५ को एक घरमा प्रहरीले छापा मार्दा उनीहरु ब्राउन सुगरसहित पक्राउ परेका हुन् । आज दिउँसो २ः३० बजे दमक नगरपालिका वडा नम्बर ५ स्थित सुकुम्बासी टोलमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सोही ठाउँ बस्ने २४ वर्षीय समिर गजमेरको घरकोठामा छापा मारेको थियो । त्यसक्रममा निज समिर गजमेर, दमक वडा नम्बर ६ का २९ वर्षीय रोशल बुढाथोकी, वडा नम्बर ५ कै २४ वर्षीय रोशन माझी र इलाम चुलाचुली गाउँपालिका वडा नम्बर ४ का २३ वर्षीय सागर लिम्बूलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उनीहरुको साथबाट ३ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । पक्राउ चारै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
0 comments:
Post a Comment