२ कार्तिक २०८०, बिहीबार
झापा। भद्रपुरमा सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–१ निवासी ५१ वर्षीय योगप्रसाद लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार बुधबार बेलुका ७ बजेको समयमा मेची राजमार्गअन्तर्गत भद्रपुर–८ स्थित नमुना टोलनजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते चालक लिम्बूलाई ओम साई पाथिभरा अस्पताल भद्रपुर पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment