इलाम, २ कार्तिक । इलामबजार क्षेत्रमा जडान गरिएको सौय बत्ती बल्न छोडेको छ । जडान गरिएको सौर्य बत्ती बल्छ छोडेपछि बजार क्षेत्रमा रातको समय आवतजावतमा समस्या भएको छ ।
सघन शहरी विकास कार्यक्रम अन्तर्गत इलाम नगरपालिकाको समन्वयमा सहरी विकास कार्यालयले इलाम बजार क्षेत्रमा २०७४ महिना अगाडी सौर्य बत्ती जडान गरेको थियो । जडान गरिएको केहि महिनासम्म त बत्ती राम्रै बलेको थियो ६ महिना नपुग्दै बत्ती बल्न छोेडेको थियो केही महिना मर्मत गरेर बत्ती वालिएको भए पनि अहिले वषौँ देखि इलाम बजार क्षेत्र अन्धकार बनेको छ ।
सघन शहरी विकास कार्यक्रम अन्तर्गत इलाम नगरपालिकाको समन्वयमा सहरी विकास कार्यालयले इलाम बजार क्षेत्रमा २०७४ महिना अगाडी सौर्य बत्ती जडान गरेको थियो । जडान गरिएको केहि महिनासम्म त बत्ती राम्रै बलेको थियो ६ महिना नपुग्दै बत्ती बल्न छोेडेको थियो केही महिना मर्मत गरेर बत्ती वालिएको भए पनि अहिले वषौँ देखि इलाम बजार क्षेत्र अन्धकार बनेको छ ।
अहिले दशैँ तिहारको समयमा बजारमा हाउजीखेलाउने र रातको समयमा सडक अन्धकार भएकाले अपराधिक घटनाहरु बढ्नेमा स्थानीय त्रसित रहेका छन् । सडक अन्धकार भए सँगै सुरक्षा व्यवस्थामा चुनौती थपिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक वासुदेव खतिवडा वताउँछन । सथै नगर क्षेत्र भित्र जडान गरिएका सिसि क्यामेरा पनि भिन्न निर्माणको काम गर्दा २२ क्यामेरा मध्ये १५ वटा नचल्ने भएका छन् । बजार क्षेत्रमा सहाना सहरी खानेपानीले जताभावि सडक खेदलेर छोड्नाले समस्या झन बढ्दै गएको छ ।
बत्ती नबल्दाको समस्या त छदैछ । अघिकांश सडक बत्ती झिमिक झिमिक गरिरहने भएकाले सवारी चालकलाई समेत समस्या हुने गरेको छ । बत्ती झिमिक झिमक भइरहने भएकाले कतिपय अवस्थामा सवारी दुर्घटना समेत हुने चालक बताउँछन् ।
बत्तीको मर्मत संभार गर्न सरोकारवलाले चासो देखाएर सम्झौता गरिएको कम्पनीले मर्मत सम्भार गर्नु पर्ने हुन्छ । तर इलाम नगरले पनि यो अवधिमा खासै चासो देखाएको छैन भने कम्पनीले एक पटक पनि मर्मत संभार गरेको पाइँदैन । जसका कारणले सडकमा जडान गरिएका २ सय बढी सडक सौर्य बत्तीहरू कवाडीमा जाने निश्चित जस्तै बनेको छ ।
यता इलाम नगरपालिका नगर प्रमुख केदार थापा भने हामी तत्काल बजारका प्रमुख चौकमा नयाँ सडक वत्ती लगाउन शुरु गर्ने वताउँछन् । नयाँ बत्ती जडान गर्न नगरले वडा नम्बर ७ भित्र अहिले ५ लाख रकम विनियोजन गरेको उनले वताए । नगरले यसरी विभिन्न वहानामा वजेको समेत दहन गर्दै आएको छ । अहिले विद्युत प्रधिकरण सँग समन्वय गरेर नया पोल र वत्ती राख्न लागेको पनि नगर प्रमुख थापाले वताए । पुराना सौर्य बत्तीहरु समेत विस्तारै मर्मत गर्दै जाने उनको भनाई रहेको छ ।
उनले भने विद्युतको एवीसी केवुल लगाउँदा धेरै सिसि क्यामेरा खराव भएका हुन त्यसको मर्मतको लागि नगरले काम शुरु गरि सकेको छ । इलाम नगरक्षेत्रमा धेरै जसो ठाउँमा सना सहरी खाने पानी आयोजनाले सडकमा खाल्डो पारेर छोड्ने गरेको र त्यसको मर्मतको लागि ठेक्केदारलाई पत्रचार गरिसकेको र काम नसकेसम्म भुक्तानी सम्म नदिने नगर प्रमुख थापाले वताए ।
इलाम बजारामा सिप्रदी इनर्जीले एक करोड ८९ लाख ३२ हजार पाँच सय रुपैयाँमा सडक बत्ती जडान गरेको हो । तर, छोटो समयमै सौर्य बत्तीमा समस्या आएपछि कमसल सामग्री प्रयोग भएको स्थानीयवासीले आरोप लगाएका छन् ।
0 comments:
Post a Comment