इलामको राेङमा ब्यवसायिक बेसार खेती

  • गाेविन्द पाैडेल 

१६ असाेज
किसानहरुकाे आय आर्जन  बढाउन राेङमा ब्यवसायिक बेसार खेतिकाे सुरुवात थालिएकाे छ ।
आम्दानीकाे भरपर्दाे श्राेत अदुवा मासिएर चिन्तित बनेका किसानहरुलाई सभब्यताकाे आधारमा बिभिन्न खेतिमा प्रेरित गरिदै आएकाे राेङमा सहकारिकाे सहयाेगमा बेसार खेति गराउन थालिएकाे हाे ।ईकाे चिया उत्पादक सहकारीकाे अार्थिक र राेङ गाउपालिका कृषि शाखाकाे प्राबिधिक सहयाेगमाकिसानहरुवाट उत्पादित बेसार सहकारिले नै खरिद गरिदिनेगरि राेङ गाउपालिका वडा नम्वर तिन र चारका छयालिस जना किसानहरुले अाठसय चालिस किलाे बेसारकाे बिउ राेपेका छन् ।
गाउपालिकामा रहेकाे ईकाे चिया सहकारी र महिला लालिगुरास बहुउदेश्यीय सहकारी सस्था एकिकरण पछि चिया किसानले चियाखेति गर्ने र चिया खेति नहुने किसानहरुकाे लागि बेसार खेतिमा प्रेरित गरिएकाे ईकाे चिया उत्पादक सहकारीका ब्यवस्थापक गणेश अर्यालले बताए ।
राेङमा बब्यवसायिक बेसार खेति गराउन प्राबिधिक परामर्षअनुसार विगत केहि बर्ष अघि बुटवलबाट बिउ ल्याएर वडा न ६ मा राेपिएकाे थियाे साेहि बिउबाट उत्पादन गरिएकाे विउ अहिले साविक वडा न तिन र चारमा गरिएकाे हाे उक्त स्थानमा उत्पादित वेसार याे बर्ष प्साेधन नगरी विउकाे रुपमा नै प्रयाेग गरिअन्य सभब्यता र कृषककाे चाहना अनुरुप अन्य वडाहरुमा समेत बिस्तार गरि प्रसाेधनकाे बिकास गरि राेङकाे अर्काे उत्पादन बनाएर वजारमा लैजाने याेजना रहेकाे राेङगाउपालिकाकाे अध्यक्ष मनिकुमार स्याङ्वाे सुवासले बताए ।यसकाे लागि बिज्ञहरुसग नियमित परामर्ष भईरहेकाे अध्यक्ष स्याङ्वाेले बताए ।यस अघि पनि राेङ गाउपालिकाे सहयाेगमा देवनछाप कृषि सहकारीले गुन्द्रुक र सिस्नाेकाे उत्पादन र ब्राण्डिङ गरि बजारमा ल्याईसकेकाे छ ।
वर्तमान समयमा जगली जनावर ।र राेगकाे हैरानिले पुराना वालिहरु मासिदै गएपछि वेसार खेति दरिलाे सभावना देखिएकाे छ ।कुनै पनि जगली जनावरले नखाने र कम मेहनतमा पाखाभित्ता जस्ताेसुकै बारीमा उत्पान गर्न सकिने भएकाे कारण किसानहरु बेसारखेतिमा आकर्षित भएका किसानहरुकाे भनाई रहेकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment