इटहरी । सशस्त्र प्रहरीको गोताखोर टोलीले इटहरी उपमहानगरपालिका १६ स्थित नहरमा डुबी वेपत्ता भएको एक युवकको शव आइतबार फेला पारेको छ । सशस्त्र प्रहरी बल, नेपाल १ बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी निरीक्षक टेकबहादुर कट्वालको कमाण्डमा खटिएको विपद् व्यवस्थापनसहितको गोताखोर टोलीले खोजतलास गर्नेक्रममा इटहरी १९ घर भएका १९ वर्षका अनिस चौधरीको शव घट्नास्थलदेखि एकसय मिटर पूर्वतर्फ करिव १५ फिट गहिराइमा शव फेला पारेको हो । बराह बाहिनीका सहायक वाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितका अनुसार साथीहरुसँग पौडी खेल्न गएका चौधरी सोहीक्रममा डुवि वेपत्ता भएका थिए । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको मृतकको शवलाई थप अनुसन्धान र कार्वाहीको क्रममा ईलाका प्रहरी कार्यालय पकलीलाई बुझाएको छ । गोरखापत्रबाट
0 comments:
Post a Comment