२०८० असोज २२ गते
२२ असोज, काठमाडौं । सरकारले इजरायलमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन र समस्यामा परेकाहरुलाई उद्धार गर्न पहल सुरु गरेको छ । हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाईमार्ग मार्फत् आवत–जावत सुचारू भइरहेकाले नेपालीहरुको शव नेपाल नेपाल र घर फर्किन इच्छुकहरुलाई पनि फर्काउने प्रक्रिया सुरु भएको हो ।
परराष्ट्र मन्त्रालयले गएराति जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको छ । इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरुको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको छ ।’
गत शनिबार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको थियो । उनीहरु इजरायल सरकारको सहयोगमा ‘लर्न एण्ड अर्न’ (सिक्दै कमाउँदै) कार्यक्रममा गएका सुदूरपश्चिम विश्वविद्यालयका विद्यालयहरु हुन् । धेरै नेपालीहरु अहिले पनि बंकरभित्र बसेर उद्धारको प्रतिक्षामा छन् ।
0 comments:
Post a Comment