२२ आश्विन २०८०, सोमबार
काठमाडौँ । युद्धग्रस्त इजलरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिडियो कलमार्फत् संवाद गरेका छन् ।
हमास समूहको आतंकवादी हमलाका कारण १० जना नेपाली विद्यार्थीको ज्यान गएको सन्त्रस्त अवस्थामा त्यहाँ फसेका अन्य विद्यार्थीले उद्धारको याचना गरेको भिडियो भाइरल भएपछि प्रधामन्त्रीले उनीहरुसँग संवाद गरेका हुन् । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ती विद्यार्थीमध्ये एकजना विपिन सुवेदीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले छिटै उद्धार गरिने आश्वासन दिएका छन् ।
प्रधानमन्त्रीले आवश्यक समन्वय भइरहेको बताउँदै आफूहरू उद्धारको तयारीमा लागिरहेको आश्वासन दिए । उनले इजरायल सरकारको अनुमति मिल्ने बित्तिकै विमान पठाउने बताउँदै विद्यार्थीहरुलाई नआत्तिएर सुरक्षित बस्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
0 comments:
Post a Comment