दमकमा खैरो हेरोइनसहित इलामका प्रदीप लिम्बु र राजु दर्नाल पक्राउ

२०८० कार्तिक १२ गते , आईतबार


झापाको दमक नगरपालिका-३ बेलडाँगी स्थितबाट लागु औषध खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाघखोर झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले इलामको चुलाचुली गाउँपालिका- ५ का २२ वर्षीय प्रदीप लिम्बु र ३१ वर्षीय राजु दर्नाललाई ३ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment