नगर प्रहरीले व्हिल लक लगाएपछि पशुपतिनगर–फिक्कल सडक खण्ड २ घण्टा अवरुद्ध

आइतबार, कार्तिक १२ २०८०

 फिक्कल । सडक छेउमा राखिएको सवारीसाधनमा नगर प्रहरीले व्हिल लक लगाएपछि यातायात व्यवसायीहरुले फिक्कल–पशुपतिनगर सडक खण्ड अवरुद्ध गरेका छन् । सूर्योदय नगर प्रहरीले बाटो छेउमा राखिएको इलामको उत्तरी क्षेत्र माईजोगमाईका गाउँगाउँमा जाने सवारीसाधनमा लक लगाएका थिए ।
गाडी लक गरेपछि व्यवसायीहरुले सडक बिचमा गाडी तेस्र्याएर विरोध गरेका हुन् । उनीहरुले कालोपत्रे भन्दा बाहिर राखिएको गाडीबाट पार्किङ शुल्कका नाममा नगरपालिकाले पैसा उठाउने गरेको गुनासो गरेका छन् । सवारीचालकहरुले बिच बाटोमा गाडी राख्नाले करिब २ घन्टा जाम भएको थियो । जामका कारण पशुपतिनगरबाट झापा आउने र पशुपतिनगर जाने साना ठुला सवारीसाधन अवरुद्ध भएका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सल्लाहकार वुद्धिराज न्यौपानले उपप्रमुख दुर्गाकुमार बराललाई फोन सम्पर्क गरी भोली १० बजेभित्रमा दिर्घकालिन समाधानका लागि छलफल गर्न सहमतीपछि सडक अवरोध खुलेको थियो । सूर्योदय नगरपालिकाले विगतका बर्षबाट राजमार्गमा रोकेको गाडीबाट पार्किङका नाममा शुल्क उठाउँदै आएको छ ।
नगरले अनावश्यक रुपमा पार्किङ शुल्क उठाएको भन्दै विगतका बर्षमा समेत विरोध समेत हुँदै आएको छ ।
लाेकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment